2026 June 25/ 08:58: 31pm

      श्रीखण्डपुर/गत जुलाई सन २०२५ को २० देखी जुलाई २६ सम्म जापानको ग्लोबल लर्निङ्ग ईन्टिच्युटले टोकियो शहरमा आयोजना गरेको समर क्याम्प कार्यक्रममा गोल्डेन सिद्धार्थका ४ जना विद्यार्थीहरुले सहभागिता जनाएका छन् । 
 विद्यालयका संस्थापक निर्देशक भुवन केसीको नेतृत्वमा गएका विद्यार्थीहरु यथार्थ रञ्जीत, उमङ्ग थापा, रितिका कोसी र आयुसा जिसीको सहभागिता रहेको थियो ।
         फिलिपिन्स, जापान, युके र नेपाल लगायत देशका १३ वर्ष देखी १६ वर्ष उमेर समुहका विद्यार्थीहरुको कार्यक्रममा सहभागिता रहेको थियो । एकअर्का देशको साँस्कृतिक परिवेशको आदान प्रदान, विद्यार्थीहरुको ब्यक्तित्व विकास साथै विश्व भाईचाराको सम्बन्धलाई प्रगाढ बनाउने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएको छ । 
        कार्यक्रम आगामी बर्षहरुमा समेत निरन्तरता दिने आयोजकले जानकारी दिईएका छन् । कार्यक्रमले विद्यार्थीहरुमा थप अनुशासित र भाईचारको सम्बन्धको विकास भएको जापानका सिओ मिनोरु काबुराकीले विद्यालयका प्रिन्सिपल भरत बहादुर केसीलाई बताए ।