2026 June 25/ 10:20: 21pm

         पतंजलि योग समिती काभ्रेको आयोजनामा कुशादेवी योग साधनाको संयोजनमा कुशादेवी ¥यालेमा सह–योग शिक्षक प्रशिक्षण शुभारम्भ भएको छ ।  उक्त प्रशिक्षणको उद्घाटन पतंजलि योग समिती बागमती प्रदेश प्रमुख ग्रोवेन तौजलले उद्घाटन गर्नु भयो । सो प्रशिक्षण उद्घाटन सत्रमा स्वागत मन्तव्य कूशादेवी योग साधना केन्द्रका संयोजक एवं पनौती न.पा वडा नं.२का वडाध्यक्ष पूरुषोत्तम अधिकारीले गर्नुभएको कार्यक्रममा पतंजलि योग समिती बागमती प्रदेश सल्लाहकार सरिता शाक्य, प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, पतंजलि योग समिती काभ्रेका अध्यक्ष प्रकाश कायष्ठ, महिला अध्यक्ष ईन्दिरा तौजले, वडा नं.२का वडा सदस्यहरु लगायतका उपस्थित रहेको उक्त प्रशिक्षणमा ४० जना प्रशिक्षार्थीहरु सहभागी रहेका छन् ।
  यसैबिच पतंजलि योग समिती काभ्रे, महिला समिती र युवा नेपाल काभ्रेले बनेपाको दिव्य हलमा आषाद १५ गते दहि चिउरा पर्वलाई हर्षोल्लासका साथ मनाईएको छ । दैनिक योग साधना अभ्यास पछी करिब ८०जना साधक साधिकाहरु उपस्थिती रहेको उक्त कार्यक्रममा सामुहिक रुपमा दहि चिउरा भोजन नाचगान, एक आपसमा शुभकामना आदानप्रदान गरिएको सो कार्यक्रममा पतंजलि योग समिती काभ्रेका अध्यक्ष प्रकाश कायष्ठ, महिला अध्यक्ष ईन्दिरा तौजले, बागमती प्रदेश सल्लाहकार सरिता शाक्य, प्रदेश सदस्य दमन कुमार श्रेष्ठ लगायत जिल्लाका पदाधिकारीहरु, महिला पदाधिकारीहरुको उपस्थिती रहेको संचार प्रभारी मिलन भक्त श्रेष्ठले बताउनु भयो । जिल्लाका ४३ वटा योग साधना केन्द्रमा नै आषाद १५ गते दहि चिउरा कार्यक्रमको आयोजना गरिएको थियो ।