साँगा/बनेपा १४ साँगामा रहेको ग्रेस ल्याण्ड अंग्रेजी माध्यमिक विद्यालयले राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको नतिजा अनुसार ४ जीपिए सहित जिल्ला प्रथम हुन सफल प्रकृति दुलाललाई सम्मान गरेको छ ।
विद्यालयका प्रिन्सिपल सुजेन्द्र श्रेष्ठले जिल्ला प्रथम दुलाललाई सम्मान गर्दै आगामी उच्च शिक्षा समेत सफलताको शुभकामना प्रदान गरेका थिए । विद्यालयको नर्सरी देखी कक्षा १० सम्मै अध्यनरत अनुशासित, मेहनती मेधाबी छात्रा प्रकृती दुलालले विद्यालयसँगै जिल्लाको नाम राख्न सफल भएकोमा बधाई दिएका थिए । विद्यालयकै अनुशासित र मेहनती छात्रालाई शिक्षक, अभिभावक र दुलालको मेहनतले नै उक्त नतिजा प्राप्त गर्न सफल भएको श्रेष्ठले बताए । जिल्ला प्रथम दुलाले आफुले सोचेको नतिजा प्राप्त गरेको बताईन् । म सधै ६ घण्टा मात्रै सुत्ने, आफुले नजानेको कुरा युटुब र अनलाईमा पढ्ने, त्यति गर्दा पनि आएन भने शिक्षकलाई सोधेर पढ्ने गर्दा सफल भएको बताईन् । भविष्यमा डाक्टर बन्ने ईच्छा रहेकाले आगामी दिनमा अझै मेहनत गर्ने र यो अवस्थामा आउन अभिभावक र शिक्षकको ठुलो साथ रहेको दुलालले बताईन् ।
कार्यक्रममा विद्यालयमा शतप्रतिशत उत्तिर्ण भएकोमा प्रिन्सिपल सुजेन्द्र श्रेष्ठले बधाई दिदै सम्पुर्ण विद्यार्थीहरुलाई सम्मान गरेका थिए । कार्यक्रममा शिक्षक, अभिभावक र विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।









