धुलिखेल/काभ्रेपलाञ्चोक जिल्ला बनेपा १० मा अवस्थित संकल्प कलेजद्वारा स्नातक तह BHM/BIM कार्यक्रम अन्र्तगत अनुसन्धान प्रस्ताव विकास तथा रणनितिक अनुसन्धान व्यवस्थापन शिर्षकमा तिन दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कार्यशाला गोष्ठी बैशाख १९ गते देखि २१ गते सम्म धुलिखेलको सनराइज होटलमा आयोजना गरिएको थियो ।
कार्यशालामा BHM/BIMअन्र्तगत प्रध्यापन गराउनु हुने सहभागी प्रध्यापकहरुले अनुसन्धान प्रस्ताव लेखन, रणनीतिक ब्यवस्थापन तथा अनुसन्धान प्रकाशनको सैद्धान्तिक र व्यवहारिक पक्षमा ज्ञानबारे जानकारी गराएका छन् । उक्त कार्यक्रम संकल्प कलेज र विश्वविद्यालय अनुदान आयोग (UGC) द्वारा अनुमोदित अनुसन्धान क्षमता आभिवृद्धि कार्यक्रम अन्र्तगत गरिएको हो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथी प्रा.डा.सुवर्ण शाक्यद्धारा गरिएको थियो भने अन्य श्रोत वक्ताहरुमा प्रा.डा.चन्द्र पाण्डे, प्रा.डा.मेघराज दंगाल, प्रा.डा.भगवान अर्याल, प्रा.डा.झनक पराजुली, डा.स्मिृतीकला पन्त लगाएत रहेका थिए । कार्यशालाले प्रध्यापकहरुलाई अनुशन्धान र रणनितिक ब्यवस्थापनमा ब्यबहारिक ज्ञान प्रदान गर्नुको साथै आगामी शैक्षिक तथा ब्यवसायिक क्षेत्रमा मार्ग दर्शन गर्ने अपेक्षा लिइएको छ ।









