2026 June 25/ 11:21: 33pm

    बनेपा/बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्राको अवसरमा बनेपा ७ वकुटोलमा हाम्रो पहिचान, हाम्रो अभियान भन्ने नाराका साथ राष्ट्रिय नृत्य तथा संस्कृति संरक्षण प्रतिष्ठान तथा बनेपा कला परिषद्को आयोजनामा धिमे नाच आयोजना गरिएको छ ।  
    नृत्य निर्देशक मोहन तौजलेको निर्देशनमा आयोजना गरिएको कार्यक्रममा २ सय भन्दा धेरैले नृत्य गरेका थिए । बनेपाको चण्डेश्वरी जात्रा पुरानो र ऐतिहासिक मानिन्छ । सोहि कार्यक्रममा ५० वर्ष अघि बनेपामा देखाउने गरेको गणेश र अष्टमातृका नृत्य पनि प्रस्तुत गरिएको थियो । हरेक वर्ष यस्ता कार्यक्रमहरुको आयोजना गरी लोप हुँदै गएको नृत्यहरुको संरक्षण र प्रबद्र्धन गर्न नृत्य निर्देशक मोहन तौजलेले बताए । 
    सोहि अवसरमा बनेपा नगरपालिकाका उपप्रमुख विमला सापकोटा, बनेपाका पुराना कलाकारहरु भुषण भोंमी, भुवन मानन्धर, बरिष्ठ साहित्यकार मोहन दुवाल, राजु सरकार लगायतका ब्यक्तिहरुको सहभागिता थियो । रविन्सन श्रेष्ठले संचालन गरेको कार्यक्रममा शिशुम श्रेष्ठले स्वागत गरेकी थिईन् । गणेश र अष्टमातृका नृत्यमा काठमाडांै विश्वविद्यालय कुप्सका बालबालिकाहरुले भाग लिएका थिए ।