2026 June 25/ 11:22: 28pm

    बनेपा/सडकमा बसेर नागरिकहरुलाई सेवा प्रदान गरिरहेका ट्राफिक प्रहरीहरुका लागि बनेपाको शिर मेमोरियल अस्पतालले स्वास्थ्यको ख्याल पु¥याउन सहयोग पु¥याउने उद्देश्यले मेडिकल माक्स उपलब्ध गराएको छ । 
    शीर मेमोरियल अस्पताल बनेपा काभ्रेपलाञ्चोककी प्रमुख चिकित्सा अधिकृत डाक्टर एन्जिला बस्नेतले जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे तथा मातहत कार्यालय समेतमा ट्राफिक व्यबस्थापनमा खटिने प्रहरी कर्मचारीहरुको स्वास्थ्य अबस्थालाई मध्यनजरमा राखि धुँवा –धुलो र प्रदुषणबाट बच्न  दुई हजार थान सर्जिकल माक्स हस्तान्तरण गरेकी थिईन् । यस अघि प्रहरी कर्मचारीहरुको उपचार सेवाका लागि अस्पताल र जिल्ला प्रहरी कार्यालय काभ्रे बीच सम्झौता भएको थियो । उपचार तथा औषधी खरिदमा छुट दिने गरी कार्यरत प्रहरी तथा पुर्व प्रहरीहरुले उक्त सेवा उपभोग गर्न सक्नेछन् । सर्जिकल माक्स हस्तान्तरण गर्दै डा.एन्जिला बस्नेतले स्वास्थ्यमा ध्यान दिदै नागरिकको सेवामा सहजता होस् भन्ने उदेश्यले अस्पतालले सहयोग गरेको बताईन् । अस्पतालले उपलब्ध गराएको सहयोगले ट्राफिक प्रहरी कर्मचारीहरुलाई सहज हुने बताउँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक विकास तामाङले अस्पताल परिवारलाई धन्यवाद दिए ।