कुशादेवी/पतंजली योग समिती बागमती प्रदेश, काभ्रे जिल्ला समिती र महिला समितिको आयोजनामा ‘योग विज्ञान शिविर’ को उद्घाटन पनौती नगरका पूर्व प्रमुख भिम न्यौपाने र पतंजलि योग समिती बागमती प्रदेश ग्रोवेन तौजलेले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरि प्रारम्भ गरेको छ ।
प्रदेश प्रमुख ग्रोबेन तौजलेबाट प्रशिक्षण हुने उक्त शिविरको उद्घाटन सत्रमा पनौती न.पा. २ नं. वडाका वडाध्यक्ष पुरुषोत्तम अधिकारी धुलिखेल नगरपालिका पूर्व उप–प्रमुख बिमला शर्मा लगायतका व्यक्तिहरुले मन्तव्य राख्नुभएको कार्यक्रमको सभापतित्व पतंजलि योग समिती काभ्रेका अध्यक्ष प्रकाश कायष्ठले गरेका थिए । कार्यक्रममा पतंजलि योग समिती बागमती प्रदेश सल्लाहकार सरिता शाक्य, महिला समितीका अध्यक्ष ईन्दिरा तौजले, नि.व. अध्यक्ष हरिशरण श्रेष्ठ लगायत, जिल्लाका पदाधिकारीहरु, धुलिखेल नगरका पदाधिकारीहरु, पनौती नगरका पदाधिकारीहरुको सहभागिता रहेको थियो । कुशादेवी योग साधना केन्द्र काभ्रे जिल्लामा रहेको पतंजलि योग साधना केन्द्रको ४३औँ योग साधना केन्द्र भएको संचार प्रभारी मिलन भक्त श्रेष्ठले बताए । उक्त शिविर बैशाख १५ गते देखी १९ गतेसम्म संचालन हुनेछ । कार्यक्रमको उद्घोषण महामन्त्री श्याम कुमार श्रेष्ठले गरेका थिए ।









