बनेपा/पिपुल्स सहकारी संस्थाको महिला सशक्तिकरण तथा बाल विकास उप–समितिको आयोजनामा बनेपा ९ ध्यानकुटी विहारमा संस्थामा आवद्ध ८–१६ वर्षका बाल बचतकर्ताहरुको ‘चेस प्रतियोगिता’ आयोजना गरिएको छ ।
२० प्रतियोगिले प्रतिष्पर्धा गरेको उक्त प्रतियोगितामा समिति, आयोजक उप–समिति, अन्य उप–समिति तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । एक दिने प्रतियोगिता उप–समिति संयोजक रिजना भण्डारीले संयोजन गरेकी थिईन् । प्रतियोगिता संचालन र सहजिकरण सविना मिश्रले गरेकी थिईन् । प्रतियोगितामा संस्थाका अध्यक्ष निरन शाक्य, उपाध्यक्ष देवेन्द्र श्रेष्ठ, कोषाध्यक्ष पवनराज कर्णजीत, त्यस्तै सामुदायिक विकास उप–समिति संयोजक एवं सञ्चालक सदस्य मञ्जु कायस्थ, महिला सशक्तिकरण तथा बाल विकास उप–समिति सदस्य अञ्जु कायस्थ र ऋण उप–समिति सदस्य रामशरण श्रेष्ठ सहभागी थिए । प्रतियोगितामा प्रथम, द्घितीय र तृतीय क्रमशः आर्यन बादे श्रेष्ठ, एल्विन श्रेष्ठ, र शास्वत बजगाँई भए । विजयी बाल बचतकर्ताहरुलाई उपाध्यक्ष देवेन्द्र श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगिलाई स्टेशनरी वितरण गरिएको थियो ।









