बनेपा/बनेपा नगरपालिका पशु सेवा तथा उद्यम विकास शाखाले कृषकहरुलाई कृषि उपकरणहरु वितरण गरेको छ ।
उक्त कृषि सामाग्री बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले वितरण गरेका थिए । शाक्यले नगरपालिकाले दिएको कृषि सामाग्रीहरुको सहि सदुपयोग गर्न आग्रह गरेका थिए । नगरपालिकाले प्रत्येक वर्ष कृषकहरुको मागका आधारमा विभिन्न कृषि औजार दिदै आएको तर केहि कृषिकहरुले लार्पवाहि गरेको पाईएको शाक्यले बताए । कृषि तथा पशुपालनलाई प्रविधि मैत्री बनाई उत्पादन बढाउने नगरपालिकाको लक्ष्य रहेको शाक्यको भनाई रहेको थियो ।
नगरबासीहरुले पालेका पशुपंक्षीहरुको अनिवार्य विमा गराई क्षतीपूर्तिको ब्यबस्था गरिएको, विभिन्न कृषि औजार वितरण गरिएको, कृषि सम्बन्धी तालिम प्रदान गर्दै आएको शाक्यले बताए । कार्यक्रममा काउम्याट ५० प्रतिशत अनुदानमा ३ सय २७ जनालाई, ३५ वटा च्यापकटर, ७५ प्रतिशत अनुदानमा पानि तान्ने पम्प, मकै छोडाउने मिशिन लगायतका सामाग्रीहरु प्रदान गरिएको थियो । कार्यक्रममा बनेपा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष रमेश दाहाल, पशुसेवा शाखाका अधिकृत चिरन्जिबि शर्मा, रामशुन्दर सापकोटा लगाएतको उपस्थिती रहेको थियो ।









