2026 June 26/ 12:14: 20am

    धुलिखेल/२०८२ बैशाख ६ र ७ गते देशभर भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधी खुवाईएको छ । 
    जिल्लामा २३ हजार ७ सय ४९ बालबालिकाहरुलाई भिटामिन ए खुवाउने तयारी गरिएको थियो । करिब २३ हजार बालबालिकाहरुले भिटामिन आएको जनस्वास्थ्य कार्यालय काभ्रेले जानकारी दिएको छ । कार्यालय प्रमुख रागिश्री कक्षपति श्रेष्ठले राष्ट्रिय पोषण कार्यक्रम अन्र्तगत बैशाख ६ र ७ गते ६ महिना देखि ५ वर्ष मुनिका सबै बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल तथा १ वर्ष देखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई जुकाको औषधी खुवाईएको बताईन् । १५ महिनासम्म लगाउनु पर्ने कुनै नियमित खोप छुटेको छ भने ५ वर्ष मुनिका बालबालिकाहरुलाई नजिकैको स्वास्थ्य संस्थामा छुटेको खोप लगाउन पनि अनुरोध गरिएको उनले बताईन् । 
    काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा पालिकामा तोकिएका खोप केन्द्रहरुमा उक्त सुविधा उपलब्ध गराईएको छ । खोप केन्द्रमा भिटामिन ए र जुकाको औषधी पनि खुवाईएको थियो । जिल्लाको चौरीदेउरालीमा ७ सय ९५, भुम्लुमा ८ सय ५२, मण्डनदेउपुरमा २ हजार ४६, बनेपामा ४ हजार ४ सय ८८, धुलिखेलमा २ हजार २ सय ४७, पाँचखालमा २ हजार ३ सय १०, तेमालमा १ हजार २०, नमोबुद्धमा १ हजार ७ सय १९, पनौतीमा ३ हजार ३ सय ८, बेथान्चोकमा १ हजार ७१, रोशीमा १ हजार ५ सय १८, महाभारतमा १ हजार २ सय ६९ र खानीखोलामा १ हजार १ सय ८ बालबालिकाहरुलाई भिटामिन ए खुवाउने कार्यक्रम तयारी गरिएको थियो ।