2026 June 26/ 12:58: 10am

        बनेपा/निजी तथा आवासिय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन)को  चौधौ केन्द्रीय महाधिवेशन बाट निर्वाचित उप–महासचिव भिमसेन केसी, केन्द्रीय सदस्य डा. राममणि सापकोटा र देशैभरीमा उत्कृष्ट काभ्रेका अध्यक्ष श्याम बहादुर भुजेललाई बनेपा नगर प्याब्सनले एक कार्यक्रमका बिच सम्मान गरेको छ । 
         बनेपा नगर प्याब्सनका अध्यक्ष महेन्द्र विष्टको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्याब्सनका केन्द्रिय उपमहासचिव भिमसेन केसी, केन्द्रिय सदस्य डा. राममणी सापकोटा, जिल्ला अध्यक्ष श्याम बहादुर भुजेल, बरिष्ठ उपाध्यक्ष सुजेन्द्र श्रेष्ठ, प्याब्सनका सल्लाहाकार सरोज न्यौपाने, कुमार मानन्धर लगायतका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । नव निर्वाचित केन्द्रिय उप महासचिव भिमसेन केसीले आफू पदाधिकारीमा विजयी हुनुमा काभ्रे प्याब्सनको मेहनतको  परिणाम भएको बताए । केसीले भने प्याब्सन काभ्रे पनि एक शक्ती हो भन्ने प्रमाणित गरेको र आगामी दिनमा अझ नयाँ नेतृत्व समेत लिन सक्ने अवस्थामा पुग्ने बताए ।  
         कार्यक्रममा काभ्रेका अध्यक्ष श्याम बहादुर भुजेललाई देशैभरीका शाखाहरु मध्ये उत्कृष्ट अध्यक्ष रुपमा सम्मानित गरेकोमा धन्यबाद दिएका थिए । भुजेल पहिलो कार्याकाल सफल रुपमा सम्पन्न गरी पुनः दोस्रो कार्यकालका लागी अध्यक्षमा निर्वाचित भएका थिए । भुजेलका कार्यकालमा प्याब्सनका थुप्रै कामहरु सम्पन्न भएकाले केन्द्रले आफुलाई मात्रै नभई सिगों प्याब्सनलाई सम्मान गरेको भजेलले बताए । कार्यक्रममा बनेपा प्याब्सनका उपाध्यक्ष लिलाधर पौड्यालले स्वागत मन्तब्य राखेका थिए भने सचिव शरण मानन्धलले सञ्चालन गरेका थिए ।