धुलिखेल/एमाले निकट अखिल नेपाल महिला संघ धुलिखेल नगर कमिटीको दोश्रो नगर सम्मेलन धुलिखेलमा आयोजना गरिएको छ । अध्यक्ष सरस्वती श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य एवं जिल्ला कमिटीका पूर्व अध्यक्ष अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
अधिबेशनको उद्घाटन सभामा बोल्दै प्रमुख अतिथी अशोक ब्याञ्जुले महिलाहरुको सशक्तिकरणका लागि नेकपा एमालेले संविधान निर्माणमा विशेष जोड दिएको बताउँदै त्यसपछि निर्माण हुने कानून र सहभागितामा विशेष ध्यान दिएको बताए । महिलाहरुको सहभागिता, सशक्तिकरण तथा समानता र सीप सहितको ब्यवस्थापनमा ध्यान दिएको प्रमुख अतिथी ब्याञ्जुले बताए । एमालेले नेतृत्व गरेको सरकारले त्यसका लागि विशेष ख्याल पु¥याउने गरिएको बताउँदै धुलिखेल नगरपालिकाले महिला परिषद् मार्फत महिलाहरुको सीप र सशक्तिकरणमा जोड दिएको बताए ।
कार्यक्रममा एमाले नेताहरु विमला शर्मा, देवप्रसाद कोईराला, अनेमसंघ जिल्ला अध्यक्ष विमला सापकोटा, प्रदेश कमिटीका नेताहरु तथा महिला नेतृहरु गिता सुनुवार, कमला काफ्ले, पूर्व नगर कमिटी अध्यक्ष दयाराम अध्यक्ष, एमाले नगर कमिटी अध्यक्ष विष्णु धिताल, युवा संघ जिल्ला सचिव सिवी लामा, एमाले नगर कमिटीका पदाधिकारी तथा सदस्यहरु, वडा अध्यक्षहरु, वडा कमिटी अध्यक्ष तथा पदाधिकारीहरु, विभिन्न क्षेत्रका ब्यक्तिहरु, जनप्रतिनिधिहरुको सहभािगता रहेको थियो । अधिबेशनको बन्द सत्रले सिता पराजुलीको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको छ । समितिमा कमली तामाङ उपाध्यक्ष, सचिव कविता मिजार, सह सचिव सुविना मानन्धर र कोषाध्यक्ष लिला सापकोटा लगायत छन् ।









