2024 April 27/ 03:26: 02am

    बनेपा/बनेपा नगरपालिका वडा नं ७ अन्र्तगत भक्तेश्वर मार्ग सडक कालोपत्रे हुने भएका छ । उक्त सडकको कालोपत्रेको निर्माण कार्य तथा ढल निकासको प्रदेश सभा सांसद बसुन्धरा हुमागाइले शिल्यान्यास गरेका छन् ।  
    बनेपाको पुरानो तारकारी बजारबाट भक्तेशवर मार्ग हुँदै वडा नं ६ को सिमाना सम्म कालोपत्रे र ढल निकास हुने छ । प्रदेश नम्वर ३ सरकारको समपुरक बजेटबाट ५० लाख, बनेपा नगरपालिकाबाट २५ लाख र स्थानीय सहभागिताबाट २५ लाख १० हजार गरी १ करोड १० लाख रुपयाँमा उक्त सडकको कालोपत्रे र पक्कि ढल निर्माण हुनेछ । कार्यक्रमा बोल्दै सांसद हुमागाईले बोलेर भन्दा गरेर देखाउन लागिएको बताए । स्थानीयहरुको साथ र सहयोग चाहिने बताउँदै हुमागाईले निर्वाचनका बेला बोलेका विकासका कुराहरु विस्तारै पुरा हुदै जाने बताए । कार्यक्रममा बनेपा नगरपालिका नगरप्रमुख लक्ष्मी नरसिंबादेले नगरले नगरका धुले सडकहरुलाई कालो पत्रे गर्ने कार्य तिब्र पारेको बताएका थिए । शिल्यान्यास कार्यक्रममा वडा अध्यक्ष बर्ण शाक्य, उपभोक्ता समितिका सदस्य शम्भु पौडेल लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष राधाकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।