बनेपा/वन तथा वातावरण मन्त्रालय, जलवायु परिवर्तन ब्यवस्थापन महाशाखाद्वारा संचालित पारिस्थितिक प्रणालीमा आधारित अनुकुलन आयोजना मार्फत केन्द्रीय स्तरका संचारकर्मीहरुका लागि जलवायु परिवर्तन र पारिस्थितिकी प्रणालीमा आधारित अनुकुलन सम्वन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम आगन्तुक रिसोर्ट बनेपामा शुरु भएको छ ।
नेपालको क्षतिग्रस्त वन र रेन्जल्याडमा जलवायु प्रतिरोधी प्राकृतिक राजधानी र ग्रामीण जीविकोपार्जनको लागि उत्प्रेरक पारिस्थितिक प्रणाली पुनस्र्थापना बारेमा मन्त्रालयका उप सचिव एवं राष्ट्रिय आयोजना संयोजक डा.प्रकाश सिंह थापाले जानकारी गराएका थिए । परियोजनाको सिंहावलोकनका सन्र्दभमा राष्ट्रिय परियोजना प्रवन्धक टोपबहादुर खत्रीले जानकारी गराएका थिए । तालिममा जलवायु परिवर्तनका परिदृश्यहरु, राष्ट्रिय अनुकुलन योजना, राष्ट्रिय रुपमा निर्धारित योगदानका बारेमा परियोजना स)योजक डा.प्रकाश सिंह थापा, जलवायु परिवर्तनको परिचय, आधारभुत विज्ञान र नीतिगत एजेण्डा पारिस्थितिक प्रणालीमा आधारित अनुकुलन, यसका प्रमुख तत्वहरु र मापदण्डहरु, जलवायु परिवर्तन र पारिस्थितिक प्रणाली आधारित अनुकुलनको दृश्यावलोकनका बारेमा विशेषज्ञ केशव खनालले प्रशिक्षण दिनेछन् ।
पारिस्थितिक प्रणाली आधारित अनुकुलन र प्रकृतिमा आधारित समाधानहरु विश्वब्यापी र राष्ट्रिय दृष्टिकोणका बारेमा माधव बहादुर कार्कीले प्रशिक्षण दिनेछन् । अन्र्तराष्ट्रिय जलवायु नीति सन्दर्भ, दुवईदेखि वाकु कोपसम्म, यसको वार्ता, प्रकृया र प्रकृयाहरुका बारेमा दिगो भविश्यका लागि लगानी र वित्तपोषण जलवायु कार्यको लागि अवसरका सन्र्दभमा एलडिसीका दक्षिण एशिया निर्देशक, जलवायु विश्लेषण मञ्जित ढकालले प्रशिक्षण दिनेछन् । त्यस्तै नेपालको जोखिम सन्दर्भ र आसन्न क्षति र भविश्यका लागि बाटोहरुका सन्र्दभमा परियोजना निर्देशक सह सचिव डा.महेश्वर ढकालले प्रशिक्षण दिनेछन् । करुणा बजगाई, प्रशिक्षार्थी









