2026 June 26/ 01:25: 36am

    बनेपा/बनेपामा रहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान अन्र्तगत संचालित ज्ञानकुञ्ज माध्यमिक विद्यालयले स्थापनाको २२ औ बार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ मनाएको छ । 
    विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुरकृष्ण बैद्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सभा सदस्य पुर्व राज्यमन्त्री कञ्चचन्द्र बादेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी बादेले शैक्षिक गुणस्तर, ब्यवहारीक ज्ञान र सैद्धान्तिक विषयलाई जोड दिन अनुरोध गरे । प्रवन्ध निर्देशक प्रताप बैद्यले स्वागत गर्दै विद्यालयको समग्र अवस्था, स्थापना देखि अहिलेसम्म भागेका भोगाईहरु तथा आगामी योजनाका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा संचालक आत्मराम थापा, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, प्याब्सनका केन्द्रिय उपमहासचिव भिमसेन केसी, सचिव हिरा शर्मा नेपाल, जिल्ला अध्यक्ष श्याम भुजेल, एन प्याब्सन अध्यक्ष अग्नि ज्ञवाली, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, विभिन्न संघ संस्था तथा क्षेत्रमा सक्रिय ब्यक्तिहरु, वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुलाई विभिन्न विद्यामा उत्कृष्ट भए बापत पुरस्कृत गरिएको थियो भने ज्ञानकुञ्ज जेष्ठ नागरिक अभिभावक सम्मानबाट रुद्रकुमारी खड्कालाई सम्मान गरिएको थियो । सोहि अवसरमा अभिभावक, विद्यार्थी, शिक्षक प्रतिनिधिहरुले विद्यालयका बारेमा सुझाव दिदै सफलताको कामना गरेका थिए । बालबालिकाहरुले स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सांस्कृतिक प्रस्तुतीहरु प्रर्दशन गरेका थिए । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान अन्र्तगत शिशु कक्षा देखि क्याम्पस तहको मास्टर डिग्रीसम्मका कक्षाहरु संचालन हुँदै आएका छन् । कार्यक्रम शिक्षिका सानी बस्नेतले संचालन गरेकी थिईन् ।