2026 June 26/ 02:22: 03am

काठमाडौ/अर्थमन्त्रालयले धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुलाई वित्तीय संघीयता समन्वय महाशाखा अन्तर्गतको विषयगत समितिमा मनोनयन गरेको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा रहेको विषयगत समितिमा ब्याञ्जुलाई सदस्य नियुक्ति गरिएको हो । 
    संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ बमोजिम संघ र प्रदेशका सम्बन्धित विषयको कार्यक्षेत्र रहेको मन्त्रालय तथा स्थानीय तहबीचमा समन्वय कायम गरी नीति तथा योजना कार्यान्वयन र विकास निर्माण लगायतका काममा प्रभावकारीता ल्याउन मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको अध्यक्षतामा उक्त समिति गठन गरेको हो । २०८१ माघ ७ गते बसेको मन्त्रीस्तरीय बैठकले धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुलाई उक्त समितिमा नियुक्त गरेको शाखा अधिकृत नारायण राउतले जानकारी दिए । 
    नगर प्रमुख ब्याञ्जु नेपाल नगरपालिका संघका निवर्तमान अध्यक्ष हुन् ।