2026 June 26/ 03:13: 36am

बनेपा/ बुडोल सामुदयाीक बचत तथा ऋण सहकारी संस्था लिको आयोजना तथा  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोगमा संस्थाका सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरुको नेतृत्व क्षमता बृद्धि सम्बन्धी एवं संस्थाको वार्षिक कार्ययोजना बमोजिम ३ दिने  लिडरशिप बुटक्याम्प कार्यक्रम सम्पन्न गरेको छ । 
 नेतृत्व विशेषज्ञ तथा लेखक
John Maxwell sf] Leadershift पुस्तकको ११ वटा अध्यायको अवधारणामा आधारित रही नेफ्स्कुनका प्राचार्य बल्लभ तिमल्सिना र कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिनाको सहजीकरणमा तालिम सञ्चालन गरिएको थियो ।  तालिम कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, उपसमिति र उच्च व्यवस्थापनका कर्मचारीहरु समेत गरी २४ जनाले सहभागिता रहेको थियो  । तालिम समापन कार्यक्रममा नेफ्स्कूनकी सञ्चालक समिति सदस्य मन्दरा मिश्रले तालिम कार्यक्रमको सिकाईबाट आगामी दिनमा बुडोल सामुदायिक साकोसको नेतृत्व थप मजबुद हुने विश्वास ब्यक्त गरेकी थिईन । तालिममा  संस्थाका अध्यक्ष कैलाश के.सी.ले कार्यक्रम निकै उपयोगी रहेको उक्त  तालिम पश्चात संस्थाको नेतृत्व धारण गरेका व्यक्तिहरुको विचारलाई अझ परिष्कृत बनाउँदै नेतृत्व गर्ने उद्देश्य तय गर्न मद्दत मिल्ने विश्वास व्यक्त गरेका थिए ।