2026 June 26/ 03:13: 37am

    धुलिखेल/अन्तराष्ट्रिय आप्रवासन दिवस २०२४ को अवसर पारी धुलिखेल नगरपालिकामा आप्रवासन, अवसर र चुनौती विषयक अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको छ । 
    नगर प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपप्रमुख निराजन जंगम, प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी, सामाजिक विकास समिति संयोजक एवं वडा अध्यक्ष गणेश आचार्य, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, बैदेशिक रोजगारमा गएर फर्किएका विभिन्न पालिकाका प्रतिनिधिहरु तथा सामी कार्यक्रम लागु भएका पालिकाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
     सामाजिक विकास शाखा प्रमुख अधिकृत विदुर गौतमको संचालनमा सम्पन्न कार्यक्रममा सामी कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक बसन्त कुँवरले बैदेशिक रोजगारको अवस्था, सामी कार्यक्रम र त्यसको प्रभावकारीता तथा पछिल्ला गतिविधिका बारेमा जानकारी गराएका थिए ।