2026 June 26/ 04:44: 09am

जयदेश श्रेष्ठ
नासिका साँगा, बनेपा

    बनेपा नगरपालिका वडा नम्वर १३ भैसेपाटी स्थित बिकटेश्वर महादेव तथा छिन्नमस्तक नारायण (हरिहर छेत्र) मन्दिरमा ब्राह्मणहरूद्वारा पूजा पाठ गरि राती जाग्राम बत्ती बाल्ने र बिहान सतबिज छरिएको छ । विकटेश्वर महादेव लगायत जिल्लाका विभिन्न स्थानमा रहेका महादेवका मन्दिरहरुमा रातभर बत्ति बालेर जाग्राम बसी विहान शदविज छरिएको थियो ।
    विकटेश्वर महादेव मन्दिरमा विगतका वर्षहरुमा भएका अभ्यास र अनुभवबाट यो वर्ष थप सुधार र ब्यवस्थित गरिएको पुजारी प्रदीप पौडेले जानकारी दिए । मंसिर १४ गते शुक्रवार बालाचतुर्दशी पर्वमा पितृका नाममा बत्ती बाल्ने र मंसिर १५ गते शनिबार सतबिज छर्ने ब्यवस्थापन मिलाइएको थियो । बिकटेश्वर महादेव नाम चलेको पीठ महादेव हो । नवराजलाई राजा हुने वरदान दिएको हरिहर क्षेत्रको रूपमा पनि परिचित छ । मन्दिर परिसर विभिन्न योजनाको साथ बिकटेश्वर मन्दिर पुनर्निर्माणका साथ व्यवस्थित गरिँदै धार्मिक सामाजिक कार्यक्रमहरूको आयोजना गरिँदै आएको छ । विकटेश्वर महादेव मन्दिर संरक्षण समितिले सतबिज छर्ने कार्यक्रम व्यवस्थित गर्न बत्ती बाल्नेहरूको लागि ५ सय रुपैया शुल्क निर्धारण गरेको थियो । सोहि कार्यका लागि टिकटको ब्यवस्था गरिएको थियो । थप सहयोगका लागि बिकटेश्वर मन्दिर समिति, ईश्वरलाल श्रेष्ठ, सदन बुढ़ाथोकÞी, श्री खनाल, प्रदीप पौडेल लगायतले समन्वय गरेका थिए । समितिको अनुरोधमा आवश्यक दर्शनार्थीहरुको लागी नजिकको शुभ श्री प्यालेसले न्यून शुल्कमा शुद्ध भोजन, तातो पानी अन्य आवश्यक खाद्य बस्तु उपलब्ध गराएको थियो ।