2026 June 26/ 04:43: 43am

    बनेपा/निजी तथा आवासिय विद्यालय अर्गनाईजेशन नेपाल(प्याब्सन) काभ्रेको आयोजनामा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता २०८१ सम्पन्न भएको छ । जिल्लाका १७ वटा विद्यालयले उक्त प्रतियोगितामा भाग लिएका थिए । 
    प्रतियोगितामा विजयी भएका चारवटा विद्यालयले प्रदेश स्तरीय प्रतियोगितामा सहभागिता जनाउनेछन् । उक्त कार्यक्रम मसिंर १७ गते भक्तपुरमा आयोजना हुनेछ । अध्यक्ष श्याम भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश प्याब्सनका अध्यक्ष केशवलाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगिताबाट लिन इन्टरनेशनल बोर्डिङ्ग स्कुल बनेपा प्रथम भएको छ भने काभ्रे सेकेन्डरी विद्यालय बनेपा दोश्रो भयो । त्यस्तै क्षितिज अंग्रेजी बोर्डिङ्ग स्कुल बनेपा तेश्रो र काभ्रे अंग्रेजी सेकेन्डरी स्कुल पनौती सान्त्वना भए । 
    सोहि प्रतियोगितामा बालबाटिका विद्या मन्दिर, लिन इन्टरनेशनल बोर्डिङ्ग स्कुल, एविएम बनेपा, बेलर इन्टरनेशनल स्कुल, विकटेश्वर अंग्रेजी स्कुल, ग्रेसल्याण्ड अंग्रेजी सेकेन्डरी स्कुल, क्षितिज अंग्रेजी बोर्डिङ्ग स्कुल, प्रगति प्रभात एकेडेमी, सिद्धार्थ सेकेन्डरी स्कुल, ज्ञानकुञ्ज सेकेन्डरी स्कुल, सिद्धार्थ बनस्थली, काभ्रे अंग्रेजी सेकेन्डरी स्कुल, सामुदायिक बोर्डिङ्ग स्कुल, काभ्रे सेकेन्डरी स्कुल, सरस्वतीकुञ्ज बोर्डिङ्ग स्कुल, इनोभेटिभ एकेडेमी, स्पिङ्ग हिल अंग्रेजी सेकेन्डरी स्कुल सहभागि थिए । 
    कार्यक्रममा प्याब्सन केन्द्रिय सचिव हिरा शर्मा नेपाल, सदस्यहरु पूर्णकुमार श्रेष्ठ र सत्यनारायण श्रेष्ठ, प्याब्सन बागमती प्रदेश सल्लाहकार रवि श्रेष्ठ, श्रीराम दाहाल, बागमती प्रदेशका विभिन्न तहका ब्यक्तिहरु, जिल्लाका सल्लाहकार तथा पदाधिकारी र सदस्य विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बरिष्ठ उपाध्यक्ष महेन्द्र थिङ्गको स्वागत मन्तब्य र सचिव छविरमण पराजुलीको संचालन रहेको थियो ।