2026 June 26/ 05:36: 45am

धुलिखेल/काठमाडौ विश्वविद्यालयमा मंसिर २१ र २२ गते आईटी सम्मेलन हुने भएको छ । सम्मेलनका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आईटी सम्मेलनमा गरिने विविध कार्यक्रमका बारेमा जानकारी गराईएको थियो । 
    सम्मेलनले प्राविधिक, आईटी उत्साहीहरू, ब्यवसायीहरु, विद्यार्र्थीहरूलाई अन्तरदृष्टिपूर्ण छलफल, विशेषज्ञ वार्ता र सहयोगी गतिविधिहरूमा संलग्न हुनको लागि जीवन्त अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ । कार्यक्रममा सहभागीहरूले सूचना प्रविधि सम्बन्धी विविध कार्यक्रम तथा गतिविधिहरूमा भाग लिन पाउनुको साथै सूचना प्रविधिका दिग्गजहरूसँग अन्तरक्रिया गर्ने सुवर्ण अवसर प्राप्त गर्नेछन् ।