धुलिखेल/अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन धुलिखेल नगर कमिटीको ५ औं अधिवेशन नृत्य प्रतियोगिता सहित नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । नृत्य प्रतियोगितामा कालिका मावि प्रथम, माउन्टभ्यु द्धितीय र गोल्डेन सिद्धार्थ स्कुलले तृतीय स्थान हासिल गरेको छ भने इम्यानुयल स्कुलले सान्त्वना स्थान प्राप्त गरेको छ । प्रतियोगितामा १५ टिमको सहभागिता रहेको थियो ।
५ औं अधिवेशनबाट नयाँ नेतृत्व समेत चयन गरिएको छ । अनेरास्ववियु धुलिखेल नगर कमिटीको अध्यक्षमा मुरारी आचार्य निर्वाचित भएका छन् । उपाध्यक्षमा निलिसा श्रेष्ठ, सचिवमा आयुष न्यौपाने, सह–सचिवमा रक्षा तामाङ, सन्ध्या धिताल र अनुप बडाल, कोषाध्यक्षमा अनिल तामाङ निर्वाचित भएका छन् । अधिवेशनबाट २५ सदस्यीय कमिटी गठन भएको जिल्ला कमिटी सचिवालय सदस्य आयुष बडालले जानकारी दिए । अनेरास्ववियु धुलिखेल नगर कमिटी अध्यक्ष सुजन कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियु केन्द्रिय महासचिव नरेश रोकायको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेकपा एमाले वागमती प्रदेश कमिटी सदस्य एवं नेकपा एमाले काभ्रेका निवर्तमान अध्यक्ष अशोक ब्याञ्जु, नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेल, विमला शर्मा, जिल्ला कमिटी सचिव राजकुमार सापकोटा, एमाले नेता हरिकुमार मैनाली, सरिता हुमागाँई, उमा थापा, निरज खड्का, राम लामा, देवप्रसाद कोइराला, नगर अध्यक्ष दयाराम महत, युवा संघ काभ्रेका अध्यक्ष इश्वरबल्लभ सापकोटा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय सचिव सुजन कडरिया, केन्द्रिय सदस्य सुमन जैरु, निर्वाचन समिति सदस्य हेमराज हुमागाँई, वागमती प्रदेश कमिटी उपाध्यक्ष युवराज दाहाल, जिल्ला कमिटी अध्यक्ष मिलन गौतम लगायत पदाधिकारी सहित विद्यार्थीको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष मिलन गौतमले एक कमिटी एक सिर्जनात्मक कार्यक्रम अन्तर्गत हरेक पालिकामा फरक फरक रचनात्मक कार्यक्रम आयोजना गरिएको बताए ।
त्यस्तै नमोबुद्ध नगर कमिटीको तेस्रो अधिवेशन वक्तृत्वकला प्रतियोगिता सहित नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । एक पालिका, एक रचनात्मक कार्यक्रम अन्तर्गत नगर अधिवेशनको अवसरमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो । नमोवुद्धको समृद्धिमा मेरो योगदान शीर्षकमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा लक्ष्मीनारायण माविकी ललिसा थापा प्रथम भएकी छन् । श्रीराम माविकी संजिता अधिकारी दोस्रो स्थान हासिल गर्न सफल भइन् भने बाल उज्वलकी मनिषा घोरासाइनेले तृतीय स्थान हासिल गरेकी छन् । विष्णुप्रसाद पौडेल, सितल दाहाल र प्रविन सिलवाल निर्णायकको भुमिकामा थिए ।
यसैबिच अनेरास्ववियु नमोवुद्ध नगर कमिटीले एसियामा सम्पन्न एशिया प्याशेफिक कन्फरेन्स अफ योङ साइन्टिष्ट २०२४ मा सहभागी भई तृतीय स्थान हासिल गर्न सफल सुजन श्रेष्ठ र ऋग्वेद खनालाई लाई सम्मान गरेको छ । तेस्रो नगर अधिवेशनबाट पुष्कर हुमागाँई अध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्ष सुमन प्याकुरेल, सचिव मनिषा सिग्देल, सह–सचिव देवसागर, अरुण काफ्ले र निशान्त परियार, कोषाध्यक्षमा शिक्षा हुमागाँई निर्वाचित भएका छन् । यस्तै महिला विभाग प्रमुखमा प्रनिशा तिमल्सिना निर्वाचित भइन् । सदस्यमा परिक्षा हुमागाँई, समिक्षा अधिकारी, अशोक हुमागाँई, प्रभात तिमल्सिना, पुष्पा सिग्देल, कल्याण काफ्ले, युनिक श्रेष्ठ, किशोर कोइराला, रोचक कोइराला, लक्ष्मी खरेल र ललिशा थापा चयन भएका छन् ।









