धुलिखेल/अखिल नेपाल फुटबल संघ (एन्फा) ले धुलिखेलमा फुटबल मैदान निर्माणका लागि १ लाख अमेरिकी डलर रकम विनियोजन गरेको छ । भाद्र १३ र १४ गते एन्फा कम्प्लेक्समा बसेको सातौं कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो ।
धुलिखेल नगरपालिकाको फुटबल खेल मैदान निर्माण गर्न १ लाख अमेरिकी डलर विनियोजन गरिएको अध्यक्ष पंकज बिक्रम नेम्वाङ्ग र महासचिव किरण राईद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । राष्ट्रिय प्रतियोगिता समेत आयोजना गर्दै आएको उक्त खेल मैदान थप आधुनिक र ब्यवस्थित गर्न सहयोग पुग्ने खेलाडीहरुले बताएका छन् । उक्त खेल मैदान धुलिखेल नगरपालिकाले निर्माण गरेको हो । नगर प्रमुख अशोक ब्याञ्जुले एन्फाको निर्णयको स्वागत गरेका छन् ।
अखिल नेपाल फुटबल संघ र धुलिखेल नगरपालिका बीच धुलिखेल खेल मैदानमा कृत्रिम घाँसे मैदान निर्माणको लागि सम्झौता भएको छ । एन्फा कम्प्लेक्स सात दोबाटोमा भएको सम्झौतापत्रमा एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ्ग र धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोककुमार व्यान्जुले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा एन्फा महासचिव किरण राई र धुलिखेल ३ का वडाअध्यक्ष गणेश आचार्य लगायतले सहभागिता जनाएका थिए ।