धुुलिखेल/तिनै तहका सरकारको प्रतिवद्धता, मानव बेचविखन विरुद्ध सवैको प्रतिवद्धता भन्ने नाराका साथ मानव बेचविखन तथा ओसारपसार विरुद्धको १८ औं राष्ट्रिय दिवसका अवसरमा अन्तरसंवाद गरिएको छ ।
मानव बेचविखन विरुद्धको जिल्ला सञ्जाल, जिल्ला प्रहरी कार्यालय धुलिखेल, माइती नेपाल र तरंगिनी फाउण्डेसन लगायतका संघसंस्था र कार्यालयहरूको आयोजनामा भएको कार्यक्रममा बैदेशिक रोजगारीबाट फर्किएका महिला र विभिन्न संस्थाको प्रतिनिधित्व रहेको थियो । गैसस महासंघ काभ्रेकी अध्यक्ष गंगा दोङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोककी प्रमुख बसुन्धरा खड्का र मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले मानव बेचविखनको कानुन र अवस्थाका विषयमा कार्यपत्रहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा तरंगिनी फाउन्डेसनकी सहजकर्ता निर्मला काफ्ले, माइती नेपाल काभ्रेकी कार्यक्रम संयोजक गायत्री गौतम, जिल्ला अदालतकी अधिकृत हिराकुमारी भण्डारी, इन्सेक काभ्रे प्रतिनिधि सुमित्रा आचार्य लगायतले मानव बेचविखनको अवस्थाका विषयमा आफ्ना भनाई राखेका थिए ।
मानव बेचविखन अन्र्तगत मानिस किन्ने वा बेच्ने, शरिरका अङ्ग झिक्ने, बेश्याबृति र बेश्यागमन भएकाले जिल्लामा यस्ता घटनामा बढोत्तरी हुँदै गएको जानकारी गराईएको थियो । विगत पाँच वर्षमा जिल्ला अदालतमा दर्ता भएका ११ वटा घटनामा अधिकांश घटनामा दावी पुगेर सजाय भएको देखिन्छ । जिल्लाका केही वडामा मृगौला किनबेचका घटना भएपनि थोरै घटनामा कार्वाही भएको पाइन्छ ।