रोशी, वाल्टिङ्ग/रोशी गाउँपालिका १० वाल्टिङ्गमा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि पोशाक तथा छात्रबृत्ति प्रदान गरिएको छ ।
विद्यालय ब्यवस्थापन समितिका पुर्व अध्यक्ष एवं युवा ब्यवसायी बलराम सापकोटा र पुर्व सदस्य सिर्जना सापकोटाले कक्षा ८ मा अध्ययन गर्ने छात्र पवन शाही र दुर्गा शाहीलाई जनही ८ हजारका दरले नगद सहित विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि ५० थान टी शर्ट उपलब्ध गराएका छन् । विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष हरिकुमार सापकोटा मार्फत उनिहरुले विद्यार्थीलाई छात्रवृत्ति र पोशाक हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएका पोशाकहरु विद्यालयमा आवश्यक मापदण्ड तयार गरी वितरण गरिने विद्यालयले जानकारी दिएको छ । पुर्व अध्यक्ष बलराम सापकोटाले आफन्तको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना गर्नुका साथै विभिन्न समयमा विद्यालयलाई विभिन्न खालका सहयोग उपलब्ध गराउँदै आएका छन् ।









