2026 June 26/ 09:46: 57am

पनौती/नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु पनौती नगर कमिटीको चौथो नगर अधिबेशन तथा नगर स्तरीय खुल्ला नृत्य प्रतियोगिता भालेश्वर माध्यमिक विद्यालयको सभा हलमा आयोजना गरिएको छ । 
    अध्यक्ष सुजन सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अनेरास्ववियु केन्द्रिय कमिटीका महासचिव नरेन्द्र रोकायाको प्रमुख आतिथ्यता रहेको थियो । सचिव निशान सापकोटाले संचालन गरेको उक्त कार्यक्रममा पनौती नगरपालिका उपप्रमुख गिता बञ्जारा, अनेरास्ववियु केन्द्रिय अनुशासन आयोग अध्यक्ष शोभा सापकोटा, केन्द्रिय कमिटीका सदस्यहरु सुनिता थापा, सुमन जैरु, निर्वाचन कमिटी सदस्य हेमराज हुमागाई, बागमती प्रदेश कमिटी उपाध्यक्ष युवराज दुलाल, जिल्ला कमिटी अध्यक्ष मिलन गौतम, नगर कमिटी सचिव सन्तोष केसी, वडा अध्यक्ष पुरुषोतम अधिकारी लगायतले मन्तब्य राखेका थिए । उपाध्यक्ष विनायक न्यौपानेको स्वागत मन्तब्य रहेको उक्त कार्यक्रममा नगर स्तरका डेढ दर्जन भन्दा धेरै विद्यालयका विद्यार्थीहरुले नृत्य प्रतियोगितामा भाग लिएका थिए । प्रतिस्पर्धीहरुलाई पुरस्कार सहित नगद उपलब्ध गराईएको थियो । नृत्य प्रतियोगिता सकिए लगत्तै नगर कमिटीका लागि नयाँ नेतृत्व चयन भएको छ । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले विद्यार्थी आन्दोलन, जिम्मेवारी, अहिलेको आवश्यकता र विद्यार्थीहरु विदेशिन बाध्य हुनुका कारण पहिचान गरी त्यसको रोकथामका लागि सबै पक्ष सक्रिय हुनु पर्ने बताए ।