2024 April 26/ 05:49: 15am

    रोशी/रोशी गा. पा. वडा नं. ३ शिखर आम्बोटेमा नेपाल सरकारका नाममा जानु पर्ने जग्गालाई व्यत्तिको नाममा नामसारी गर्न वडा अध्यक्ष धनजित लामा सकृय रहेको भन्दै स्थानीयहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
    वेपत्ता रहेका सार्कीमान तामाङको बाजे, बज्यै, आमा–बुवा, दाजु–भाई दिदी –बहिनी छोरा छोरी कोही छैनन् । उनको नाममा ६ कित्ता जग्गा छन् । उक्त जग्गामा बर्षेनी रु. ३०/४० लाख बरावरको बुद्धचित्त माला फल्छन् । उक्त ३०÷४० लाखको लोभले नजिकका हकदारहरु हौ भनी केही हकवालाहरु तछाँडमछाड गर्दै मालपोत कार्यलय काभ्रेमा मुद्धा लडिरहेका छन् । हकवालाहरु देवानी संहिता २०७४ अन्तर्गतका अपुताली पाउने नजिकका हकवालाहरु होइनन् । अपुताली नेपाल सरकारलाई जानु पर्नेमा व्यक्तिको नाममा सिफारिस दिँदै हिड्नुले वडा अध्यक्ष धनजितको शंकास्पद ब्यवहार भन्दै स्थानीले आपत्ति जनाएका छन् । स्थानिय सरकारलाई वर्षेनी प्राप्त हुने ३०÷४० लाखको आम्दानी वडा अध्यक्ष लामाले किन खोजेनन ? ६/६ कित्ता जग्गाको स्वामित्व नेपाल सरकारमा कायम गर्नुपर्ने मालपोत कार्यलय मौन बसेको भन्दै सर्वसाधारण रुष्ट भएका छन् ।