2026 June 26/ 10:38: 40am

बनेपा/बनेपामा रहेको निष्ट स्कुल बनेपाले २०८० सालमा संचालित कक्षा १२ को वोर्ड परीक्षामा ब्यबस्थापन विषयमा ३.८६ र विज्ञान विषयमा ३.८२ ल्याई उतिर्ण विद्यार्थीहरुलाई एक कार्यक्रम बीच सम्मान गरेको छ । 
    स्कुलका निर्देशक डा.राजेन्द्र घिसिङले विद्यार्थीहरुलाई आगामी शैक्षिक यात्रा थप उत्कृष्टताका लागि शुभकामना ब्यक्त गर्दै निष्टले उपलब्ध गराएको शिक्षा र सामाजिक उत्तरदायित्व सधै जीवनमा कार्यान्वयनका लागि अनुरोध गरे । निष्टमा अध्ययनरत विद्यार्थीहरु मध्ये ९३ जना ए प्लस, १ सय ७० जना ए, ४९ जना वि प्स, १ जना वि जिपिएमा उर्तिण भए । एक जनाको परीक्षाफल स्थगित भएको छ । विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा शिक्षक, विद्यार्थी र अभिभावकहरुलाई बधाई तथा शुभकामनाका साथै आगामी यात्रामा थप मेहनतका लागि निर्देशक घिसिङ्गले धन्यबाद ब्यक्त गरे । 
    निष्ट बनेपाले २०७८ सालको परीक्षामा वोर्ड प्रथम गरेको थियो । निरन्तर उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयले शैक्षिक गुणस्तर र विद्यार्थीहरुको सिकाईमा ध्यान दिएको प्रशासन प्रमुख पुण्य कट्टेलले जानकारी दिए । विद्यार्थीहरुको रोजाईको पहिलो शैक्षिक गन्तब्य बनेको निष्टका कारण उच्च शिक्षा लिन उपत्यका जानु पर्ने समस्याको अन्त्य भएको कट्टेलले बताए । सम्मान कार्यक्रममा क्याम्पस प्रमुख राष्ट्रभुषण खड्का, प्रिन्सिपल दिपक भट्ट, विभिन्न विभागि प्रमुखहरु, शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।