2019 May 23/ 07:44: 41am

    धुलिखेल/भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा आर्यालले सरकारले जमिनलाई व्यवस्थित गर्न भू–उपयोग ऐन ल्याउन लागेको बताएकी छिन् ।
    पछिल्लो समय मनलाग्दी बढ्दै गएको जमिन खण्डिकृत रोक्न सरकारले पहिलो भू–उपयोग नीति ल्याउन लागेको मन्त्री अर्यालले बताईन् । शनिबार धुलिखेलमा परोपकार प्राथमिक उपचार केन्द्रले अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा जिल्लाबाट निर्वाचित उपमेयरहरुको सम्मान कार्यक्रममा बोल्दै मन्त्री अर्यालले दुई तीन दिन भित्र भू–उपयोग ऐन सरकारले ल्याउने तयारी गरिरहेको बताईन् । नीतिको अभावमा जमिनको जथाभावी खण्डिकरण बढ्ेकाले ऐन ल्याएरै व्यवस्थित गराउने बताउँदै मन्त्री अर्यालले ऐनमा जमिनलाई नौ प्रकारमा बर्गिकरण गर्न लागिएको जानकारी दिईन् । आवशीय, कृषियोग्य, व्यापारिक क्षेत्र, औद्योगिक क्षेत्र, वन जंगल सहित छुट्याएर ऐन आउने छ ।
    कार्यक्रममा सांसद नविना लामाले महिला अधिकार ५० प्रतिशत पु¥याउन महिलाहरुको राजनीतिमा सक्रियता र निरन्तरता आवश्यक रहेको बताईन् । प्रदेश सांसद चन्द्र लामा, पूर्व सांसद कमला दोङ, नेपाल नगरपालिका संघका अध्यक्ष एवम् धुलिखेल नगरपालिका प्रमुख अशेककुमार व्याञ्जूले जनप्रतिनिधिहरुलाई राणा, पञ्चायत शासनकालको बैदार खरिदार नसम्झिन आग्रह गरे । नेता भनेको जनताको नोकर हो मालिक हुन नखोजौ नगर प्रमुख ब्याञ्जुले भने । काँगे्रसका नेता सिवी लामाले महिलाले पाएको अधिकारलाई सही सदुपयोग गर्न सक्नुपर्नेमा जोड दिए । कार्यक्रममा मन्त्री आर्यालबाट काभ्रे जिल्लाका १३ स्थानीय तहमा निर्वाचित महिला उपप्रमुखहरुलाई सम्मान गरिएको थियो ।