बनेपा/बेथान्चोक वडा नम्वर ३ निवासी विनोद घिमिरेको उपचारका लागि स्थानीय युवाहरुको समुहद्वारा संकलित रकम हस्तान्तरण गरिएको छ । विनोदको हाल स्पाईनल इन्जुरी अस्पताल बनेपा १३ भैसेपाटीमा उपचार भईरहेको छ । उनलाई ब्रेन ट्युमर भएको थियो ।
युवा मछिन्द्र लामा लगायतले संकलन गरेको रकम वडा अध्यक्ष कुवेर ढकाल मार्फत हस्तान्तरण गरिएको हो । यस अघि विभिन्न क्षेत्रबाट संकलित रकम विनोद घिमिरेको उपचारका लागि उपलब्ध गराईएको थियो । संकलित ३५ हजार २ सय रकम उनका बाबु र श्रीमतीलाई हस्तान्तरण गरिएको हो । सोहि अवसरमा स्थानीय अष्ट तामाङ, बेथान्चोक जेसिजका अध्यक्ष मोहनकृष्ण तिमल्सिना, निवर्तमान अध्यक्ष डिकमान तामाङ, लायन्स क्लवका हुत्तराज तिमल्सिना लगायतको सहभागिता रहेको थियो ।