बनेपा/नेपाल निजामती कर्मचारी सगंठन जिल्ला कार्य समिति काभ्रेले शहिद मनोज–झपेन्द्र र सुरेन्द्रको स्मृति दिवसको सन्दर्भमा बौद्ध बृद्धाश्रममा आश्रित परिवारलाई खाद्यान्न तथा फलफुल वितरण गरेको छ ।
संगठनका अध्यक्ष गायत्री घिमिरेले हरेक वर्ष शहिदहरुको स्मृतिमा विभिन्न कार्यक्रम गरी मनाउदै आएकोमा यो वर्ष बृद्धाश्रममा उक्त कार्यक्रम गरी मनाएको बताउनु भयो । कर्मचारीहरुले सामाजिक क्षेत्र अन्र्तगत सहिदको सम्मानमा जेष्ठ नागरीकहरुलाई सम्झेको घिमिरेले बताउनु भयो । संगठनले जिल्लामा विभिन्न कार्यक्रमहरु गर्दै आएको घिमिरेले बताउनु भयो । खाद्यान्न तथा फलफुल वितरण कार्यक्रममा कर्मचारी सगंगठका पदाधिकारीहरु, कर्मचारी लगायतको सहभागिता रहेको छ ।