2019 March 22/ 01:26: 33am

    धुलिखेल/सबैका लागि घर घरमा मानव अधिकार, शान्ति र विकासका आधार भन्ने नाराका साथ राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नम्वर ३ ले धुलिखेलमा उपभोक्ताको अधिकार र कार्यान्वयन विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
    अन्र्तक्रिया कार्यक्रमको नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख ब्याञ्जुले उपभोक्ताहरुको हितलाई ध्यानमा राख्दै स्थानीय सरकारले ऐन कानुन निर्माण गरिसकेको बताए । उपप्रमुख विमला शर्मा, वडा अध्यक्षहरु, नगरपालिका सदस्यहरु सहभागि भएका छन् । संविधानले प्रदत्त गरेका अधिकारहरु नागरिकले उपभोग गर्ने गरी स्थानीय सरकारहरु सक्रिय हुनु पर्ने सहभागिहरुले बताएका छन् । कार्यक्रममा नेरेसो उपशाखा खरिवोट र काभ्रेले सहजीकरण गरेका थिए ।