2026 June 26/ 11:25: 19am

संगिता तिमल्सिना
बनेपा

    लायन्स क्लब अफ काठमाडौ टेम्पल चण्डेश्वरी र लियो क्लब अफ काठमाडौ टेम्पल चण्डेश्वरीको संयुक्त आयोजनामा बनेपामा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । 
    बनेपाको गणेस्थान मन्दिरसँगै रहेको पोखरी छेउमा आयोजित कार्यक्रममा ५० जनाले रक्तदान गरेका थिए । रेडक्रस काभ्रेको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा लायन्स, लियो क्लबका पदाधिकारीहरु, सदस्यहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा स्थानीयहरुको सहभागिता रहेको थियो । लायन्स र लियोले समाजमा विभिन्न खालका सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको छ ।