2026 June 26/ 11:28: 48am

    बनेपा/बेलर इन्टरनेशनल स्कुल बनेपामा अध्ययनरत विद्यार्थीहरुले चर्चित ब्याण्ड मन्कि टेम्पलका गायक सरिन देउजालाई विद्यालयमा सहभागि गराउँदै विद्यार्थीहरुलाई संगित तथा अतिरिक्त कृयाकलाप मार्फत विद्यार्थीहरुको सिकाई बृद्धि गर्ने उद्देश्यले साँस्कृतिक कार्यक्रम आयोजना गरेका छन् । 
    विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भोला थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यार्थीद्वय निर्मला रायमाझी र रितिका केसीले विद्यार्थीहरुलाई सांगितिक कार्यक्रम मार्फत अध्ययन तथा ब्यक्तिगत जीवनमा समेत हौसला प्रदान गर्ने उद्देश्यले मन्की टेम्पल लगायतका ब्यान्ड समूहका गायकहरु मार्फत प्रत्यक्ष गीत प्रस्तुत गर्ने अवसर सिर्जना गराएको बताए । अध्यक्ष भोला थापाले बालबालिकाहरुको सर्वाङ्गिण विकासका लागि बेलर स्कुलले नियमित बार्षिक तालिका अनुसारका अतिरिक्त कृयाकलापहरुलाई निरन्तरता दिएको बताए । सोहि अवसरमा मन्की टेम्पल ब्याण्डका गायक सरिन देउजाले गीतहरुको प्रस्तुती गरेका थिए । 
    सोहि अवसरमा विद्यालयले कर्वदी खेलबाट अन्र्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गरी नेपालमै दोश्रो हुन सफल कक्षा १२ अध्ययनरत विद्यार्थी रोहन श्रेष्ठलाई सम्मान गरेको थियो । बंगलादेशमा आयोजित अन्तर्राष्ट्रिय कर्वदी प्रतियोगितामा रोहनले भाग लिएका थिए । उनी नेपालबाट भाग लिएका विद्यार्थीहरु मध्येका एक हुन् । विभिन्न मुलुकबाट भाग लिएका खेलाडीहरु माझ उनी दोश्रो भई नेपाल चिनाउन सफल भए । त्यस्तै विभिन्न विद्यामा आयोजित खेलकूद कार्यक्रममा सहभागी कक्षा ११ र १२ का विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भोला थापा, विद्यालयका प्रिन्सिपल इन्दु थापा, विद्यालयका विभिन्न जिम्मेवारीमा रहेका ब्यक्तित्वहरु पवन थापा, अनुपजंग थापा, क्याम्पसका भगिरथ अधिकारी, विष्णुहरी घिमिरे, मनोज बस्नेत लगायतको सहभागिता रहेको थियो । सोहि अवसरमा होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीहरुले फेस्टिबलको आयोजना गरेका थिए ।