बनेपा/बनेपा नगरपालिका वडा नम्बर ५ का गृहणी महिलाहरुलाई उन्नत जातका बाख्राका पाठी वितरण गरिएको छ ।
बागमती प्रदेश सााजिक विकास मन्त्रालय र बनेपा नगरपालिकाको साझेदारीमा सोहि वडाका गृहिणी महीला ३० जनालाई बाख्राको पाठी वितरण गरिएको वडा अध्यक्ष बलराम अधिकारीले बताए । बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटाले महिलाहरुको आर्थिक स्तरोन्तीका लागी नगरपालिकाले उक्त कार्यक्रम ४ वटा वडामा सञ्चालन गरिएको बताईन । वडा नम्बर ३, ५, ७ र १० मा ब्युटी पार्लर, मौरीपालन, सिलाई कटाई, कृषि तालिम लगाएतका कार्यक्रमहरु सञ्चालन गरेको सापकोटाले बताईन् । आगामी आर्थिक वर्ष नगरका सबै वडामा उक्त कार्यक्रम लागु हुने सापकोटाले वताईन । त्यस्तै नगरपालिकाले महिलाशसक्तिकरण कार्यक्रम अन्र्तगत महिला दिदिबहिनिहरुलाई सिप सिकी आत्ननिर्भर बन्न उक्त कार्यक्रमले सहज पुग्ने सापकोटाले वताईन् ।
कार्यक्रममा वडाअध्यक्ष बलराम अधिकारीले बाख्राका पाठी ३० जनालाई वितरण गरिएको बताए । केहि समय अघि चल्ला वितरण गरिएको, विभिन्न सिपमुलक तालिम, महिलाको क्षमता र नेतृत्व विकास तालिम, कौशी खेती तालिम तथा विउ वितरण लगाएत आत्मनिर्भर बन्ने उदेश्यले विभिन्न कार्यक्रम गर्दै आएको वडा अध्यक्ष अधिकारीले बताए । कार्यक्रममा महिला तथा जेष्ठ नागरिक विकास शाखा अधिकृत बिजया सुबेदी, वडा सदस्यहरु, वडा सचिव लगायतको सहभागिता रहेको थियो ।









