2026 June 26/ 11:39: 26am

    बनेपा/बनेपा नगरपालिका वडा नम्वर ६ स्थित बुडोल हाईटमा बागमती प्रदेश सरकार अन्र्तगत श्रम, रोजगार तथा यातायात मन्त्रालय अन्र्तगत यातायात ब्यवस्था कार्यालय उद्घाटन गरिएको छ । ‘सवारी साधनको नविकरण, दर्ता, ब्लु बुक, प्रर्दुषण जाँच, सवारी लाईन्सेन्स लगायतका सेवाहरु क्रमशः प्रदान गर्नेछ’–कार्यालय प्रमुख अनुप ढकालले भने–‘नागरिकहरुलाई सहज र गुनासो रहित सेवा प्रदान गर्ने प्रयत्न गरिनेछ ।’ बनेपा नगरपालिकाले उक्त कार्यालयका लागि १० वर्षसम्म भाडा नलिने गरी कार्यालय उपलब्ध गराएको छ । कार्यालयबाट प्रदान गरिने सेवाले नागरिकहरुलाई सहजता प्रदान गर्नेछ । यहि सेवा भक्तपुर तथा काठमाडौंमा पुगेर लिनु पर्ने अवस्था छ । संघीयता पछि अधिकार हस्तान्तरण गर्ने कुरामा अलमल भईरहेका सन्र्दभमा बागमती प्रदेश सरकारले नागरिकहरुसँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयहरु क्रमशः स्थापना गर्दै लगिने सांसदहरुले बताएका छन् । 
    कार्यक्रममा प्रदेश मन्त्री लक्ष्मण लम्साल, सांसदहरु रत्न ढकाल, कञ्चनचन्द्र बादे, रुकु चौलागाई, जिल्ला समन्वय समिति प्रमुख दिपककुमार गौतम, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, प्रमुख जिल्ला अधिकारी सुर्य सेढाई, यातायात ब्यवसायी आत्मराम थापा लगायतले यातायात क्षेत्रका समस्या र समाधानका लागि जिल्लामा रहेका कार्यालयहरुले प्रदान गर्ने सेवा प्रभावकारी हुनु पर्ने बताएका थिए ।