2026 June 26/ 12:44: 25pm

बनेपा/रोटरी डिस्ट्रिक ३२९२, रोटरी क्लव अफ काभ्रे भ्यालीको सहयोगमा निर्मित छात्रामैत्री शौचालय हस्तान्तरण गरिएको छ ।
     बनेपाको चैतन्य माध्यमिक विद्यालयमा निर्माण गरिएको उक्त शौचालय विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजभाई मानन्धर र विद्यालय प्रधानाध्यापक निशादेवी मानन्धरलाई हस्तान्तरण गरिएको हो । डिस्ट्रिक गर्भनर जितेन्द्रबहादुर राजभण्डारी, रोटरी क्लव अफ काभ्रे भ्यालीका अध्यक्ष रिकेश कायश्थले संयुक्त रुपमा उद्घाटन गरी हस्तान्तरण गरिएको उक्त शौचालय निर्माणका लागि २ लाख रुपैया खर्च भएको थियो । 
    कार्यक्रममा रोटरी इन्टरनेशनल फाउण्डेशनका अध्यक्ष कुमुद त्रिपाठी लगायत रोटरीयनहरुको सहभागिता रहेको थियो ।