धुलिखेल/जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले लागु औषध नियन्त्रणका लागि आक्रामक अभियान शुरु गरेको छ । चालु वर्षको ११ महिनाको अवधीमा प्रहरीले ६१ वटा सचेतनामुलक कार्यक्रम मार्फत १ हजार १ सय ६ जनालाई लागु औषध प्रयोगको असर तथा अवैद्य तस्करी सम्वन्धमा प्रशिक्षित गरेको छ । ‘हामीलाई कयौ दिन, तपाईले चाहे एकैछिन’ भन्ने नाराका साथ प्रहरीले जिल्लाब्यापी अभियान शुरु गरेको हो ।
जिल्ला प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काका अनुसार चालु वर्षको अवधीमा जिल्लामा ३८ जनालाई पक्राउ गरिएको छ । जसमध्ये ३६ जना पुरुष छन् । सवारी चालकहरुको समेत लागु औषध सेवन परिक्षण गरी पक्राउ गरिएको छ । ६० जना सवारी चालकको परिक्षणमा चार जना नियमित लागु औषध सेवनकर्ता रहेको फेला परेका छन् । प्रहरीले अभियानकै रुपमा लागु औषध ओसारपसार नियन्त्रण तथा दुब्र्यवसन रोक्ने उदेश्यले गरेका कारवाहीका क्रममा ५ सय १६ वटा नाईट्राभेट बरामद गरेको छ भने ३११.७२ केजी गाँजा बरामद गरेको छ । ३८ ग्राम ब्राउन सुगर पनि बरामद गरेको एसपी बसुन्धरा खड्काले बताईन् । प्रहरीले अभियान स्वरुप ४ सय १४ रोपनी जमिनबाट २ लाख ५० ९ सय ९७ वटा गाँजाको विरुवा फडानी गरेको छ ।
प्रहरीले पक्राउ परेका ब्यक्तिहरुमा गरेको अनुसन्धानमा १५–१९ उमेर समुहका ७.२ प्रतिशत, २०–२४ का ३४.३ प्रतिशत, २५–२९ उमेर समुहका ३५.३ प्रतिशत र ३०–३४ उमेर समुहका १२.६ प्रतिशतका ब्यक्तिहरुले साथीहरुको संगतका कारण ८९.४ प्रतिशत, मनोरञ्जनका लागि ७२.१ प्रतिशत, उत्सुकताका लागि ६२.५ प्रतिशत, खुशी हुनका लागि ४६.६ प्रतिशत, मानसिक तनावका कारण ३०.६ प्रतिशत, पारिवारीक समस्याका कारण १८.९ प्रतिशत, डिप्रेसनका कारण १४.९ प्रतिशत र पढाईमा असफल भएका कारण ८.९ प्रतिशत लागु औषध प्रयोग गर्ने गरेको बताएका छन् । २०७६ मा स्वास्थ्य मन्त्रालय मार्पmत गरिएको सर्बेक्षणले नेपालमा बर्षेनी १ लाख ३० हजार ४ सय २४ जनाले ओभरडोजका कारण ज्यान गुमाउने गरेका छन् ।
प्रहरीले सचेतनामुलक पर्चा वितरण गर्दै लागुपदार्थका असरहरु, लागुपदार्थ सेवनका लक्षणहरु र कानूनी सजाँय सम्वन्धी प्रावधानका बारेमा जानकारी गराएको छ । बनेपामा अन्र्तराष्ट्रिय लागु औषध तथा तस्करी विरुद्धको दिवसको अवसर पारी प्रमुख जिल्ला अधिकारी सुर्य सेढाई लगायतका ब्यक्तिहरुको सहभागितामा ¥याली आयोजना गरिएको थियो । एसपी खड्काले नागरिकहरुलाई हरेक दिन हरेक समयमा यसका बारेमा जनचेतनामुलक कार्यक्रम मार्फत सचेत गराउने अभियान प्रहरीले निरन्तर गरिरहेको बताईन् । जिल्लाका विभिन्न स्थानमा लागु औषध प्रयोग र ओसारपसार विरुद्ध विविध कार्यक्रमहरु आयोजना भएका थिए ।









