2024 April 26/ 04:02: 42am

    धुलिखेल/धुलिखेलमा हरेक बर्ष फाल्गुन पुर्णिमाको अवसरमा हुने नवदुर्गा जात्राको अवसरमा ज्क्ष्ज् फाउण्डेशसनको समन्वय तथा धुलिखेल युनाईटेड र रोट्रक्याट कुप्सको सहयोगमा धुलिखेलमा रहेका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । 
    कार्यक्रमका बारेमा पत्रकार सम्मेलन गर्दे नेवाःपुचःका अध्यक्ष किशोरलाल जोशीले सबै संस्थाहरुको समन्वयमा धुलिखेलको शिक्षा स्वास्थ्य र पर्यटनमा सहयोग गरी धुलिखेललाई नेपालकै नमुना नगरपालिका बनाउने बताए । हरेक बर्ष जात्राको अवसर पारी सरसफाई, स्वास्थ्य शिबिर, शैक्षिक सामाग्री लगाएतका कार्यहरु गरिने उनले बताए । सस्थाले शुरुमा मासिक रु १ सय जम्मागरी असाहय तथा गरिबी विद्यार्थीहरुलाई कापी किनिदिने गरेको अहिले सबै संघसंस्थाको समन्वयमा थप सामाग्री उपलब्ध गराउन लागिएको उनले बताए । कार्यक्रममका संयोजक अर्बिन माकजुले धुलिखेल नगरपालिकाका ५ वटा विद्यालयका १ सय जना विद्यार्थीहरुलाई स्कुल ब्याग, स्वास्थ्य सामाग्री, कपि १५०० सय थान, जियोमेट्री बक्स १ सय थान र पेन्सिल १ सय थान वितरण गरिने बताए । प्रत्येक वर्ष अन्य विद्यालयमा शैक्षिक सामाग्री पनि वितरण गरिदै लगिने उनले बताए । जात्राको अवसरमा रोट्रट्याक कुप्सकी अध्यक्ष श्रेया श्रेष्ठले जात्राको अबसरमा शैक्षिक सामाग्री निःशुल्क शिविर गर्न लागिएको बताईन् । 
    धुलिखेल अस्पताल स्वास्थ्य विभागको सहकार्यमा औषधी समेत निःशुल्क प्रदान गरिने बताईन् । संस्थाले विगतमा विभिन्न समाजिक कार्यहरु गर्दे आईरहेको र आगामी दिनमा समेत सामाजिक अभियानका कार्यक्रमहरु गर्ने जानकारी दिईएको छ ।