2026 June 26/ 06:10: 42pm

बृहत्त स्वास्थ्य शिविर
    पनौती/पनौती जेसीज, पनौती जुनियर जेसीजको २६ औं स्थापना दिवसको अवसर पारी पनौतीमा बृहत्त खुल्ला स्वास्थ्य शिविर आयोजना गरिएको छ । एक दिने निःशुल्क स्वास्थ्य शिविरका लागि प्राविधिक सहयोग बनेपामा रहेको शिर मेमोरियल अस्पताल र सुप्रिम डेन्टलले सहयोग गरेका थिए । 
    अन्य संघ संस्थाको समेत सहयोग रहेको स्वास्थ्य शिविरको नगरपालिका उपप्रमुख गिता बञ्जाराले शुभारम्भ गरेकी थिईन् । कार्यक्रममा बोल्दै नगर उपप्रमुख गिता बञ्जाराले नगरबासिहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै जेसीजले गरेको निशुल्क स्वास्थ्य शिविरबाट नागरिकहरु लाभान्वित हुने बताईन् । नगरपालिकाले स्थानीय सरकारका रुपमा नागरिकहरुका आधारभुत आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न संघ संस्थासँगको समन्वयमा कार्य गरिरहेको बताउँदै उनले जेसीजका हरेक कृयाकलापले जिम्मेवार नागरिक तयार गर्ने बताईन् । 
    अध्यक्ष सिजन सुद्धाकारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जुनियर जेसीजका अध्यक्ष विनायक न्यौपानेले शिविरका बारेमा जानकारी गराउँदै स्वागत गरेका थिए । संस्थापक अध्यक्ष सुरेश सैंजु, नेपाल जेसीज २०२३ का राष्ट्रिय अध्यक्ष विकास मानन्धर, वर्ष २०२४ का कार्यकारिणी उपाध्यक्ष राजाराम गौतम, पनौती जेसीजका पुर्व अध्यक्षहरु राजेन्द्र महाजु, तिर्थभक्त स्याउला, काभ्रे जेसीजका अध्यक्ष दिपेश सैजु, काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र पसँक्षे, कालीजंग गण पनौतीका मेजर विष्णुभक्त श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । 
    शिविरमा स्वास्थ्यकर्मीहरुको टिमले आन्तरिक चिकित्सा, बाल, नाक, कान घाँटी, छाला रोगका साथै सुगर र ब्लड प्रेसरका विरामीहरुको परिक्षण गरिएको थियो ।