2024 April 26/ 01:01: 13pm

बनेपा वडा नम्वर ५ मा गाउँभर स्वास्थ्य क्लिनिक
    बनेपा/बनेपा नगरपालिका वडा नंवर ५ मा गाउँघर स्वास्थ्य क्लिनिक सेवा सुरु भएको छ । बनेपा नगरपालिका वडा नंवर ५ र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको संयुक्त आयोजनामा सुरु भएको क्लिनिकको वडा नम्वर ५ का अध्यक्ष बलराम अधिकारीले उद्घाटन गरेका थिए । 
    गाउँघर शहरी क्लिनिक तथा नसर्ने रोग व्यवस्थापन कार्यक्रम दिइएको क्लिनिक प्रत्येक महिनाको १२ र २७ गते नियमितरुपमा बस्ने वडा अध्यक्ष अधिकारीले बताए । उनका अनुसार वडामा रहेका दीर्घरोगीहरुको सेवा, आयुर्वेद उपचार पद्धतिको प्रचार तथा पु्स्तौंदेखि चलिआएको जडिबुटीको पहिचानका लागि यो क्लिनिक सुरु गरिएको हो । आज पहिलो दिन क्लिनिकमा ६३ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । उनीहरुलाई निःशुल्क आयुर्वेदिक औषधीसमेत वितरण गरिएको छ । उक्त क्लिनिकमा उपचार हुन नसकेकाहरुलाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा लगेर निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको छ । क्लिनिक ओपीमा रहेका गंंगादेवी माविमा सञ्चालन हुनेछ । शिविरमा विभिन्न रोगको परिक्षणका साथै निःशुल्क औषधी वितरणको पनि व्यवस्था मिलाइएको छ । 

बनेपाको सर्भिस ट्रयाक मर्मत शुरु 
    बनेपा/बनेपा नगरपालिका अन्र्तगत अरनिको राजमार्गको दाँया बायाँ सर्भिस ट्रयाक, रेलिङ्ग बार, सिसिटिभी मर्मत र केहि स्थानमा नयाँ थप गर्ने, सरसफाई लगाएतका कार्य गर्नका लागी बैठक सम्पन्न भएको छ ।
    जिल्ला समन्वय प्रमुख उद्धब केसीको प्रमुख अतिथ्यतामा तथा बनेपा नगरपालिका अध्यक्ष लक्ष्मी नरंसी बादेको अध्यक्षतामा बैठक बसेको थियो । बैठकका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, जिल्ला प्रहरी कार्यलय काभ्रेका प्रमुख रविराज खड्का, बनेपा नगरपालिका उपप्रमुख रेखा दाहाल सापकोटा, काभ्रे उद्योग वाणिज्य सघंका अध्यक्ष प्रकाश मान्नधर, बागमति टिपर ब्यबसायी सघंका अध्यक्ष प्रेम लामा, नगरपालिका प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरे वडा अध्यक्ष हरु, बैक तथा बित्तय संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । बैठकले चाँडो भन्दा चाँडो सिसिटीभी मर्मत र थप स्थानमा नयाँ सिसिटीभी राख्ने, नगरलाई ब्यबस्थीत शहर बनाउनको लागी सरसफाई र स्टीलको रेलिङ्ग राख्ने, सर्भिस ट्रयाकमा ग्रभेल र डस्टख राख्ने कार्य गर्ने लगाएतको निर्णय गरेको छ । साँगा देखी बनेपा नगरपालिकाको सिमा सम्म सहायक ट्रयाक खोलीसकेको र त्यसलाई थप ब्बस्थीत गरी यातायातलाई सहज गर्ने निर्णय गरेको छ । बैठककमा टिपर सघंको तर्फबाट ग्राभेल र डस्ट, सघंसस्थाहरुको तर्फबाट गार्डेन लगाएतको निमार्णमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरिएको थियो । बैठकमा नगर प्रमुख लक्ष्मी नरंसी बादेले नगरलाई सबै मिली सुन्दर नगर बनाउनु पर्ने बताएका थिए । स्थानीय सघं सस्था, बैक तथा वित्तिय सस्थाहरु सबै भएर नगरलाई ब्यबस्थीत बनाउनु पर्ने नगर प्रमुख बादेले बताए ।

सर्भिस ट्रयाक मर्मत सुरु
    बनेपाको चारदोबाटो बाट धुलिखेलको सिमा सम्म दायाँ बायाँ सर्भिस ट्रयाकलाई ब्यबस्थीत गर्ने कार्य शुरु भएको छ । उक्त सर्भिसमा ग्राभेल र डस्ट राख्ने बताईएको छ । त्यस पछि रेलिङ्ग बार र गार्डेन निमार्ण कार्य शुरु हुने छ ।