2026 June 26/ 08:49: 51pm

    बनेपा/प्रगति प्रभात एकेडेमी सेकेण्डरी स्कुल बनेपाको ३७ औं अभिभावक दिवस शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख देवका ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । अभिभावक दिवसमा विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रमको आयोजना गरेका थिए । 
    प्रमुख अतिथि ढकालले वालकालिकाहरुलाई सानै उमेरमा संस्कार, अनुशासन सँगै अध्ययन गराउनु पर्ने बताईन् । बालबालिका काँचो माटो भएकाले जसरी कुमालेले शुरुमै माटोबाट के बनाउने योजना बनाउँछ त्यसै गरी हामिले पनि बालकालिकाहरुलाई पछि कस्तो बनाउने शुरुबाट नै सोहि अनुुसारको संस्कार र शिक्षा दिनु पर्ने बताईन् । विद्यालयमा मात्रै दिएको शिक्षाले नपुग्ने भएकाले बालकालिकाहरुको पहिलो विद्यालय घर र पहिलो शिक्षक आमाबाबु भएकाले जस्तो संस्कार दियो उस्तै शिक्षा लिने हुनाले अशल, ज्ञानी, र उनिहरुको भावना अनुसारको शिक्षा दिनु पर्ने उनले बताईन् । कार्यक्रममा विद्यालयको वार्षिक प्रतिबेदन विद्यालयका निर्देशक तथा प्रिन्सिपल चन्द्रप्रसाद ताजपुरीयाले प्रस्तुत गरेका थिए । ताजपुरियाले विद्यालयमा शैक्षिक सत्र २०८० मा कक्षा १२ सम्म ९ सय ९० विद्यार्थीहरुले अध्यापन गरिरहेको, २०७९ को एसईई परीक्षामा छात्र र छात्रा दुवै तर्फ जिल्ला प्रथम हुन सफल, विद्यालयबाट अन्यत्र विभिन्न कार्यक्रममा भाग लिई प्रथम, द्धितिय हुन सफल, विद्यार्थीहरुलाई विशेष छात्रबृत्ति प्रदान गरिरहेको बताए ।
विद्यार्थीहरुलाई पढाई सँगै चौर्तर्फि विकासको लागी आर्ट, संगित, डान्स, खेलकुद जस्ता कक्षाहरु संचालन गरिएको र विद्यालय तथा विद्यार्थीहरुलाई सामाजिक सेवाको भावना जगाउन प्रत्येक बुधबार सामाजिक कार्य गर्ने गरेको, नेतृत्व क्षमताका लागी स्काउट क्याम्प, ट्राफिक नियम सम्बन्धी जनचेतना, स्थानीय कला संस्कृतिहरुको अवलोकन, हाईकिङ जस्ता कार्यहरु गर्दै आएको प्रिन्सिपल चन्द्रप्रसाद ताजपुरीयाले बताए । 
    त्यसैगरी शिक्षकहरुलाई पेशागत क्षमताका लागी तालिम दिदै आएको उनले बताए । कार्यक्रममा प्याब्सन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेल, उपाध्यक्ष सुजेन्द्र श्रेष्ठ, बनेपा प्याब्सनका उपाध्यक्ष महेन्द्र विष्ट लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य शिक्षिका आकृति खड्कााले गरेकी थिईन । कार्यक्रममा प्ले ग्रुप देखी एस इर्. ई मा उतिर्ण विद्यार्थीहरुलाई र विभिन्न विद्यामा उत्कृष्टलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो भने कार्यक्रमको सभापतित्व विद्यालयका सञ्चालक सदस्य अशोकरत्न शाक्यले गरेका थिए ।