2026 June 26/ 09:51: 06pm

        बनेपा/नेकपा एमाले निकट आदिवासी जनजाती महासंघ नेपाल काभ्रेको तेश्रो जिल्ला अधिबेशनबाट उदयराम कायस्थको अध्यक्षतामा ५ पदाधिकारी सहित ४१ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको छ । कमिटीको उपाध्यक्षमा उत्तर तामाङ र सचिव गंगाराम तामाङ रहेका छन् । 
    कमिटीको उप सचिवमा देवलाल यस्माली र लविलास तामाङ रहेका छन् । कोषाध्यक्ष शिवनारायण घुल्लु रहेका छन् । सदस्यहरुमा मनिष श्रेष्ठ, चन्द्र लामा, सुस्मा श्रेष्ठ, जिवनकुमार लामा, चन्द्र पहरी, सरस्वती पुलामी, तुलसी श्रेष्ठ रहेका छन् । त्यस्तै कान्छा प्रधान, संगिता श्रेष्ठ, पाल्साङ लामा, सुरेन्द्र भुजेल, देवराज लामा, पुनमाया कर्माचार्य, झलक मगर, रिद्दिमा राना, हिरामाया वाईवा, रेशम तामाङ, सञ्जित तामाङ, संजय तामाङ रहेका छन् । बन्द सत्रमा विजय सिं लोप्चनको अध्यक्षतामा अध्यक्षमण्डल गठन भएको थियो । अध्यक्ष मण्डलका सदस्यहरुमा हर्कमान तामाङ, राजन भुर्तेल, कान्छाराम तामाङ र श्याम राना मगर थिए । 
    अधिबेशनको उद्घाटन कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री एवं सांसद् गोकुल बास्कोटा, केन्द्रिय सदस्य नविना लामा, प्रदेश कमिटी पदाधिकारीहरु, जिल्ला कमिटी अध्यक्ष अशोक ब्याञ्जु लगायतका पदाधिकारीहरु तथा विभिन्न जिम्मेवारीमा रहेका नेताहरुले मन्तब्य राखेका थिए ।