नगरले ६० वर्षभन्दा माथिको जेष्ठ सदस्यको निशुल्क कृतिम दाँत राख्ने,
बनेपा/बनेपा नगरपालिकाले ६० बर्षभन्दा माथिका दाँत नभएको सम्पुर्ण सम्पूर्ण नगरवासीलाई कृतिम दाँत राख्ने प्रयोजनका लागी दन्त स्वास्थ्य शिविर शुरु गरिएको छ ।
शिविरको उद्घाटन गर्दे नगर प्रमुख शान्तिरत्न शाक्यले नगरमा नगरबासीहरुका अनुहारमा हाँसो ल्याउनका लागी उक्त शिविर शुरु गरिएको बताए । रेयुकाई मासुनागा आँखा अस्पतालको समन्वयमा सम्पुर्ण नगरवासीहरुको मोतिविन्दुको निःशुल्क अप्रेशन गर्दे आएको, महिलाहरुको पाठेघर मुखको जाँच, विभिन्न स्वास्थ्य शिबिर लगायतका कार्य गर्दै आएको शाक्यले बताए । कार्यक्रममा उप प्रमुख विमला सापकोटाले महिलासँग उपमेयर कार्यक्रम अन्र्तगत महिलाहरुको क्षमता अभिबृद्धि र नेतृत्व विकासका तालिम, सिप विकास तालिम प्रदान गर्दै आएको बताईन् ।
नगरपालिकाले जेष्ठ नागरिकहरुका लागि मेयरसँग नगर स्वास्थ्य कार्यक्रम अन्तर्गत आवश्यकता पहिचान भएका ६० बर्ष भन्दा माथिका सबै नागरिकको निःशुल्क दाँत राख्न लागिएको प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईले जानकारी दिए । चापागाईका अनुसार, पहिचानका लागि नगरपालिकाले सबै वडाका आधारभुत स्वास्थ्य सेवा केन्द्र र बनेपा आधारभुत नगर अस्पताल दन्त स्वास्थ्य शिविर गरिने बताए । दन्त स्थास्थ्य शिविर कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष कमल प्रसाद घिमिरे, स्वास्थ्य शाखा प्रमुख महेश्वर श्रेष्ठ, लगाएतको सहभागिता रहेको थियो । शिविरमा ाबनेपामा रहेको सुप्रिम डेन्टल र समाज डेन्टलले प्राविधिक सहयोग गरेका छन् । शिविरमा डा. विप्लब अधिकारी र डा रोशनी श्रेष्ठले चेकजाँच गरिरहेका छन् ।









