2026 June 27/ 01:15: 49am

बनेपा/रोशी गाउँपालिका वडा नम्वर १० वाल्टिङमा अवस्थित पञ्चकन्या माध्यमिक विद्यालयको ७४ औँ वार्षिकोत्सव पौष १६ गते सम्पन्न भएको छ ।
    विद्यालयमा सञ्चालित विविध कार्यक्रमहरूको पुरस्कार वितरण, अक्षयकोष पुरस्कार वितरण,  छात्रवृत्ति वितरण, उत्कृष्ट शिक्षक सम्मान लगायतको कार्यक्रम भएको थियो । रोशी गाउँपालिका वडा नं.१० का वडा अध्यक्ष बिकेन तामाङले सामुदायिक विद्यालयको गुणस्तर वढाउन सम्पूर्ण पक्षहरू एक भएर लाग्नुपर्ने बताए । श्री पञ्चकन्या माध्यमिक विद्यालय रनिङ शिल्ड कर्णाली सदनका संयोजक शिक्षक भोला अस्तानीलाई प्रदान गर्दै लामाले अब हाम्रो विद्यालयलाई शैक्षिक गुणस्तर बृद्धि गर्न एकले अर्कालाई दोषारोपण गरेर होइन सबैले हातेमालो गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा विद्यार्थीहरूलाई विभिन्न अक्षयकोष दाताहरूले स्थापना गरेको विभिन्न पुरस्कारहरू प्रदान गरियो ।
    कार्यक्रममा शिक्षकद्वय साविक उच्च माध्यमिक शिक्षक कान्छामान स्याङ्तान र प्राथमिक तह शिक्षक ज्योतिमाया जिम्बा योञ्जनलाई २०७९ को उत्कृष्ट शिक्षक पुरस्कार प्रदान गरियो । विद्यालयका प्रधानाध्यापक रामचन्द्र घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रम शिक्षकद्वय कान्छामान स्याङतान र राजाराम शाहीले सञ्चालन गरेका थिए ।