2026 June 27/ 02:44: 45am

बनेपा/नेपाल उत्पीडित जातिय मुक्ति समाजको ३६ औं स्थापना दिवस तथा बनेपा नगर कमिटीको दोस्रो नगर सम्मेलनको अवसर पारेर मुक्ति समाज जिल्ला कमिटी काभ्रेले संगठन विस्तार तथा सुदृढीकरण अभियान सुरु गरेको छ । 
३ महिना सम्म चल्ने अभियानको उद्घाटन नेकपा एमालेका पोलिट्व्युरो सदस्य एवं पूर्वमन्त्री गोकुल बास्कोटाले गरेका छन् । कार्यक्रममा बोल्दै एमाले नेता बास्कोटाले पछाडी परेको र पारिएको वर्गलाई अधिकार दिलाउन एमालेले महत्वपुर्ण भुमिका खेलेको बताएका छन । संविधानमै अधिकारका विषय समावेश गर्न, सामाजिक सुरक्षा भत्ता प्रदान, राजनीतिमा पहुँच स्थापित गर्न एमालेले काम गरिरहेको उनले बताए । 
संगठन विस्तार तथा सुदृढीकरण अभियानमा जिल्लाका १३ वटै पालिकाका १ सय ३५ वडामा वडा कमिटी गठन, पालिकाको अधिवेशन, मुक्ति समाजले गरिरहेका कार्य, आगामी योजना बारे छलफल हुने नेपाल उत्पीडित जातिय मुक्ति समाज काभ्रेका अध्यक्ष तेज नेपालीले जानकारी दिए । नेपालिले महाभारत गाउँपालिका बाहेक सबै पालिका अधिवेश सकिएको छ भने ४ वटा पालिकाको वडा कमिटी समेत गठन भइसकेको छ । अभियानको लागि सबैलाई जिम्मेवारी तोकिएको जानकारी दिँदै अध्यक्ष नेपालीले यो अभियान समस्या वुझ्न, समस्याको समाधान खोज्न र भावी रणनीति तय गर्न महत्वपूर्ण हुने विश्वास लिएका छन ।
कार्यक्रममा नेकपा एमाले वागमती प्रदेश कमिटी सदस्य कञ्चन अधिकारी, कुमार तिमल्सिना, जिल्ला सचिव राजन भुर्तेल, उप–सचिव राजकुमार सापकोटा, निवर्तमान उप–सचिव रिता ढकाल, बनेपा नगर कमिटी अध्यक्ष रत्नकुश रञ्जितकार, अनेम संघ जिल्ला कमिटी अध्यक्ष एवं बनेपा नगरपालिका उप–प्रमुख विमला सापकोटा, नेपाल उत्पीडित जातिय मुक्ति समाज वागमती प्रदेश कमिटी अध्यक्ष नविन घतानी, जिल्ला कमिटी उप–सचिव मदन बि.क.लगायतका जनवर्गिय संगठनका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रकममा नेपाल उत्पीडित जातिय मुक्ति समाज बनेपा नगर कमिटीको दोश्रो नगर सम्मेलनबाट अध्यक्ष रबिन्द्र सुनारको नेतृत्वमा नयाँ पद्याधिकारीको चयन भएको छ ।