2024 March 29/ 10:39: 47am

    श्रीखण्डपुर/श्रीखण्डपुर बचत तथा ऋण सहकारी संस्था लि.को ११ औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष हरिगोपाल प्रधानाङ्गको अध्यक्षतामा सम्पन्न भएको छ । 
    कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष प्रमोद सुन्दर श्रेष्ठले राखेका थिए । संस्थाको वार्षिक प्रतिबेदन सचिव राजेन्द्र कर्मचार्यले र आर्थिक प्रतिबेदन कोषाध्यक्ष प्रेम कर्माचार्यले सभामा पेश गरेका थिए । संस्थाको शेयर पुजीं ८ लाख ८५ हजार २ सय, बचत निक्षेप १ करोड ९ लाख ८४ हजार ऋण लगानी ९० लाख ८४ हजार रहेको जानाएको छ । कार्यक्रममा एसईई २०७४ मा उतिर्ण बाल सदस्य स्नेहा मानन्धर र लिजा मानन्धर, उत्कृष्ट बचत कर्ता, उत्कृष्ट ऋणीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधहरुले शुभकामना मन्तब्य राखेका थिए ।