2019 April 22/ 12:06: 49am

    बनेपा/बाग्मती टिपर ब्यवसायी संघ काभ्रेमा प्रेम लामाको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएको छ । जसको समितिमा बरिष्ठ उपाध्यक्ष सुरेश खत्री, उपाध्यक्ष नविन बैद्य र ठाकुर गौतम, सचिव नरेन्द्र बादे, कोषाध्यक्ष नारायणकृष्ण श्रेष्ठ, सह–सचिव राजेश खत्री, सह–कोषाध्यक्षमा कुमार हुमागाई, सदस्यहरुमा योगेन्द्र लामा, केशवरमण उप्रेति, राजनप्रसाद पौड्याल, निर्मल श्रेष्ठ र विमलकुमार श्रेष्ठ रहेका छन् । 
    साधारण सभाको उद्घाटन नेपाल यातायात राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले गरेका थिए । साधारण सभामा बोल्दै कर्माचार्यले सरकारले समितिहरुलाई कम्पनीमा जानका लागी समय दिएको हो, सरकारले दिएको समयमा एनेहरु परिमार्जन भएमा फागुन भित्र सबै समितिहरु कम्पनीमा जाने बताए । तर ऐन संशोधन भई समितिका सबै सम्पत्तिहरु कम्पनीमा जान पाउनुपर्ने बताए । पहिलाको जस्तो समय र परिस्थिति नभएकाले पुरानै अनुसार समितिहरु चल्न नसक्ने बताएका थिए । देशैभरीका यातायात क्षेत्र एक भएमा मात्र मागहरु राष्ट्रिय महासघंले काम गर्न सक्ने बताएका थिए । कार्यक्रममा महासघंका केन्द्रिय बरिष्ठ उपाध्यक्ष बिजय बहादुर स्वाँर, उपाध्यक्ष दिपक अधिकारी महासचिब सरोज सिटौला, नेपाल उद्योग वाणिज्य महासघंका केन्दिय सदस्य तथा संस्थापक सल्लाहाकार सुरकृष्ण बैध, नेपाल उद्योग वाणिज्य सघंका अध्यक्ष प्रकाश मानन्धर काभ्रे बस ब्यबसायी सघंका अध्यक्ष बर्ण शाक्य हिमाल तराई यातायात सेवा समितिका अध्यक्ष आत्माराम थापा, अरनिको यातायात सेवा समितिका अध्यक्ष श्याम बहादुर लामा लगाएतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राखेका थिए । 
कार्यक्रममा संघको वार्षिक प्रतिबेदन सचिब नरेन्द्र बादे श्रेष्ठले र आर्थिक प्रतिबेदन कोषाध्यक्ष ठाकुर गौतमले राखेका थिए । संघको आम्दानी २ करोड ३९ लाख ९७ हजार र खर्च २ करोड १ करोड १३ लाख २७ हजार बचत १ करोड २६ लाख ६९ हजार रहेको सभामा जानकारी दिईएको थियो । सघंमा ८ सय वटा टिपर दर्ता भएको समेत जानकारी गराएको थियो । कार्यक्रम सघंका कार्यवाहक अध्यक्ष प्रेम लामाको सभापतित्वमा र कार्यालय प्रमुख प्रकाश कायस्थको सञ्चालनमा सम्पन्न भएको थियो ।