2026 June 27/ 01:35: 59pm

पनौती/ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा पनौती नगरपालिका वडा नम्बर ३ मा रहेको पशुपतिनाथ मन्दिर परिसर सरसफाई गरिएको छ । 
    सम्पदा संरक्षण तथा सरसफाई गर्ने सहकारीको वार्षिक कार्यक्रम अन्तर्गत पशुपतिनाथ मन्दिर परिसर सरसफाई गरिएको कुशादेवी सेवा केन्द्र संयोजक दिपेश घिमिरेले जानकारी दिए । सेवा केन्द्र संयोजक घिमिरेको अध्यक्षतामा भएको सरसफाइ कार्यक्रममा सेवा केन्द्र उप–समिती सदस्यहरु, पशुपती संरक्षण समिती अध्यक्ष अर्जुन सापकोटा सहित सदस्यहरु, ज्योती मिर्मिरे सामुहिक साकोसका कर्मचारिहरु साथै शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।