2026 June 27/ 01:36: 38pm

पनौती/पनौती नगरपालिका भित्रका मुख्य सडकहरु सौन्दर्य बनाउने कार्यलाई विभिन्न संघ संस्थाले समेत निरन्तरता दिएका छन् । 
सोही क्रममा गत मंगलबार सम्पदा क्षेत्र गोरखनाथ देखी नमोबुद्ध रोड हँुदै सुन्थानसम्म सडकको दाँया बाँया निलो फुल फुल्ने ज्याकराण्डा प्रजातिको विरुवा रोपिएको छ । नगर प्रमुख रामशरण भण्डारीले नगरको उद्देश्य र सामाजिक कार्यमा सबै संघ संस्था र ब्यक्तिको सहयोगमा नै विभिन्न विकासका काम गर्न सकिने बताउनु भयो । बृक्षारोपण कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष भिम प्रसाद आचार्य, वडा नम्बर ९ का कार्यवाहक वडा अध्यक्ष कुमार भण्डारी, लायन्स अन्तराष्ट्रिय डिस्ट्रक ३२५ का गर्भनर लायन दिपक कृष्ण प्रजापति, लायन्स क्लब अफ पनौतीका अध्यक्ष राजेन्द्र पसछें लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधि, विद्यालयका शिक्षक, विद्यार्थीहरुको सहभागिता रहेको विकुनारायण ताम्राकारले जानकारी दिनुभयो /